हामी एकताबद्ध छौ, पार्टी फुटको असर उदयपुर एमालेमा छैन : प्रमेश घिमिरे

Logo
खेमराज दाहाल शुक्रबार, पुष २३, २०७८

उदयपुर पुस २३ । देशकै ठूलो राजनीतिक दल नेकपा एमालेको केन्द्रको नेतृत्व चयन सकिएर केपि शर्मा ओलि त्यस्को नेतृत्वमा हुनुहुन्छ । केन्द्रको अधिबेशन सकिएर अहिले देशभरका सबै जिल्लाहरुमा एकै साथ जिल्ला अधिबेशन सुरु भएको छ । नेकपा एमालेको नारायणी नदिको किनारमा भएको महाधिवेशन पछि देशका अन्य ठुला पार्टीहरुले पनि आफ्नो अधिबेशन सकाएका छन । प्राय सबै पार्टीका अधिबेशनमा राजनीतिक रुपान्तरण सकियो अब दल रुपान्तरण सहित देश रुपान्तरणमा लाग्नु पर्ने आवाज उठेका छन । युवाहरुलाई नेतृत्वमा ल्याउन आवाज उठि रहेका बेला देशका ठुला र  पुराना पार्टीमा भने पुरानै नेतृत्व दोहोरिएको छ ।  उदयपुर एमालेमा पनि पुरानै नेतृत्व दोहोरिने वा नयाँ युवा नेतृत्वमा आउने ? पार्टी भर्खर फुट बाट गुज्रिएको छ यस्को असर उदयपुरमा कस्तो छ ?  त्यो फुट बाट लागेको घाउलाई ठिक गर्न के कस्ता रणनीति आबश्यक छ्न ? लगाएतका प्रश्न सोलुसन खबरकर्मी खेमराज दाहालले नेकपा एमाले उदयपुरका सचिव प्रमेश घिमिरेलाई सोधेका छन ।
सम्बादको सम्पादित अंश

जिल्ला अधिबेशनले नेतृत्व परिबर्तन मात्र गर्ने हो कि  पार्टीलाई रुपान्तरण गर्दै युवाहरुको सहभागितालाई पनि ध्यान दिन्छ ?

नेकपा एमालेको आठौं अधिबेशन आज बाट हामी शुरु गर्न गैरहेका छौ । अधिबेशनमा हामिले बिगतमा गरेका कामलाई समीक्षा गर्दै आगामी कार्य योजनाहरु बनाएर पार्टीलाई सुदृढ एकताबद्ध संगठन निर्माणमा लाग्ने छौ ।  संग संगै उदयपुर जिल्लाका आम जनताको जनजिवन उकास्न र समृद्ध उदयपुर बनाउन कसरी सकिन्छ भन्ने बिषयमा छलफल गर्ने छौ । यस्लाई पूरा गर्नका निमित्त एक सक्षम नेतृत्व तय गरेर अगाडि बढ्ने छौ र आठौं जिल्ला अधिबेशनको मुल उदेश्य यहि हुने छ ।

जिल्ला अधिबेशन सकेसम्म सर्वसम्मत गर्ने भनीरहनु भएको छ । सर्वसम्मत हुने सम्भावना कस्तो छ ?

सकेसम्म हामी सर्वसम्मत गरेर अगाडि बढ्छौ । हाम्रो पार्टीको केन्द्रीय अधिबेशन देखि लिएर स्थानीय तहका वडा देखि नगर सम्म सर्वसम्मतको प्रयास गरेका छौ । जिल्ला अधिबेशनलाई पनि सर्वसम्मत बनाउने गरि नेताहरुपनी लाग्नु भएको छ । आम जनता र संगठित सदस्यहरुको पनि सर्वसम्मत गरेर जानू पर्छ भन्ने जोडदार माग उठिरहेको सन्दर्भमा म पनि सर्वसम्मत हुने बिषयमा आशावादी छु ।

सर्वसम्मत पनि ममा हुनुपर्छ भन्ने खालका पनि कुरा हुन्छ्न त्यस्लाई ब्याबस्थापन कसरी गर्नु हुँदै छ ?

स्वाभाविक रुपमा अधिबेशनमा नेतृत्वमा आउन आकांक्षीहरु हुन्छन नै, यो स्वाभाविक प्रक्रिया हो । यस्मा बिगतको पार्टीको पदिय हिसावमा जो कम्रेडहरु हुनुहुन्छ उहाँहरुलाई कसरी ब्याबस्थापन गर्ने भनेर नै यो सर्वसम्मतको खोजी गरिनु पर्छ  । म मात्रै भन्दा पनि आकांक्षी साथिहरुलाई पनि बिगतमा कुन पदमा हुनुहुन्छ र अहिले कुन पद सम्म लादा उहाँहरुलाई पनि उत्साहा र उचित जिम्वेवारी पाए भन्ने लाग्छ त्यसरी सर्वसम्मत खोजिनु पर्छ । र त्यसरी खोजी गर्दा सबैलाई ब्याबस्थापन गर्न सकिन्छ भन्नेमा बिश्वस्त छु ।

अधिबेशनमा आएका प्रतिनिधि चयनमा सर्वसम्मत गरेर ल्याउने बिषयमा कतिको अप्ठ्याराहरु आए ?

हामिले वडा बाटै प्रतिनिधिहरु छान्ने ब्याबस्था गरेका थियौं । जिल्ला भरका सबै वडमा सर्वसम्मत रुपमा प्रतिनिधिहरु आउनु भयो । निर्वाचन गर्नुपर्ने परिस्थिति सिर्जना भएन । जनवर्गिय संगठन र सबै भुगोलबाट सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएर आउनु भएको अवस्था छ । र सबै प्रतिनिधिहरुको जिल्लामा पनि सर्वसम्मत भएर अगाडि बढोस भन्ने माग छ ।

लामो समय पार्टी नेतृत्व गर्नु भएको माधव नेपाल लगाएतका नेताहरु पार्टी बाट अलग हुनु भएको छ । त्यस पछिको अधिवेशनमा हुनुहुन्छ । जिल्लामा पार्टीको फुटको असर कस्तो छ र अधिबेशनले त्यस फुटको घाउलाई टाल्न कस्ता अभियान चाल्ला ?

मुलत पार्टीको बिचार ‘जनताको बहुदलीय जनबाद’ लाई हामिले कार्यकर्ता देखि जनताको लेवल सम्म पुर्याएका छौ र पुर्याउने छौ । र पार्टी फुटको जुन कुरा यहाँले राख्नु भयो त्यो चाहिँ हाम्रो पार्टी बाट माधव नेपालको समूह चैटिएर गएको छ । त्यस्को रिप्लेसमेन्ट हामिले गरि सकेका छौ । हामी संग अन्य पार्टीका धेरै कम्रेडहरु आउनु भएको छ । र अझै पनि विभिन्न पार्टीका साथिहरु पार्टी परित्याग गरि हाम्रो पार्टी एमालेमा आउने लर्को लागि रहेको छ । त्यस्ले हाम्रो पार्टीमा फुटबाट लागेको घाउ फुलफिल त गरिसकेका छौ । अझै हाम्रो पार्टीमा रहनु भएका  कतिपय कम्रेडहरु यता न उता भएर बिचमा बसेको अवस्था छ । उहाँहरुलाई पनि सम्झाउदै एमाले नै मुलुकको कम्युनिस्ट पार्टिको मुल प्रावह हो भन्ने कुरालाई बिश्वस्त दिलाउने गरि समाहित गर्दै जाने छौ । पार्टी प्रवेशका अभियान हरु चलाउने छौ । केन्द्रीय सर्कुलर अनुसार ३ महिने पार्टी प्रवेश अभियान हरु चलाउने छौ । हामिले वडा देखि नगर सम्मका अधिबेशन सम्पन्न गरि सकेका छौ । अब जिल्ला अधिबेशन हुँदै छ । यो पश्चात प्रदेश अधिबेशन हुने छ । त्यस पछि हामी संगठन निर्माणमा जुट्ने छौ । संगठनलाई बैचारिक बनाउने, सांगठनिक सदस्यहरु बितरण गर्ने अभियानमा लाग्ने छौ । अहिले हामी ८ हजार ७ सय ४२ सागठानिक सदस्य छौ । त्यस्लाई हामी ३० हजारको हाराहारिमा सांगठनिक सदस्य पुर्याउने योजना सहित अगाडि बढ्ने छौ ।

मैले पार्टी फुटेको भने तपाइले पार्टी फुटेको हैन चैटिएको भन्नू भयो । यो फुटले पार्टीलाई त्यस्तो क्षति गरेको छैन त्यसो भए ?

त्यस्तो हामिले पार्टिमा क्षतिको आकलन गरेका छैनौ । तथापी पार्टीबाट कोहि पनि ब्याक्ती बाहिर जानू भनेको त्यो बास्तवमा नोक्सान नै हो । बाहिर जानू भएका साथिहरुलाई पनि पार्टीमा फर्काउने क्रममा हामी अगाडि बढी रहेका छौ । उहाँहरुलाई फर्काउन र फर्किन हाम्रो पार्टीको ब्याबहार, शिद्धान्त दृष्टिकोणले प्रमाणित गर्दै लाने छ ।

पार्टीको आन्तरिक चुनावमा समुह बनाएर जान नपाइने बिधान छ तर यहाँ अध्यक्षको आकांक्षा राखेका ब्याक्ती कसैले समूह बनाएको समाचार बाहिरिएका छन त्यसलाई कसरी हेर्ला पार्टिले ?

पार्टीको बिधानले, पार्टीको स्पिरिटले, पार्टीको महाअधिबेशनले र पार्टीको बिधान अधिबेशनले पार्टीमा समूह बनाएर पार्टीमा गुट सिर्जना गरेर अगाडि बढ्नु हुदैन भन्ने कुराको सर्कुलर गरिएको छ । त्यस्तो गर्नु हुदैन भन्ने कमिटमेन्ट गरिएको छ । तर अब साथिहरुले चाहिँ त्यस्तो समूह बनाएर हिड्नु भएको छ भने त्यो पार्टीको नीति विधि र पद्धति बिपरित हो त्यस्तो गरेको मैले त सुने छैन तथापी त्यस्तो गर्नु भएको हो भने त्यो पार्टी को विधि र पद्धती बिपरित हो भन्ने मलाई लाग्छ ।

जिल्लाको आठौं अधिबेशनको मुखमा हुनुहुन्छ तपाईंको पनि नेतृत्वमा जाने आकांक्षा हो ?

म पनि यो आठौं अधिबेशनबाट जिल्लाको नेतृत्वमा जाने अभियानमा जुटेको छु । मेरा केही कुराहरु छन त्यो के हो भने म पार्टिको सातौ जिल्ला अधिबेशन बाट म सचिवमा निर्वाहित भए । म सचिवमा निर्वाचित भएर हामिले नेकपा एमालेको झण्डालाई अगाडि बढाउने सन्धर्वमा जिल्लाका ८ पालिका मध्य ६ पालिकामा हाम्रो पार्टीका साथिहरुलाई प्रमुख बनाउन सफल भयौ ।  एमालेलाई सबै भन्दा ठूलो पार्टी बनाउन सफल भएका छौ । र अब पनि पार्टीलाई एक नम्बर पार्टी बनाउने कुरामा म लाग्छु र सक्छु भन्ने कुरा मलाई लागेको छ । त्यस्का निम्ति मैले यस अधिबेशनबाट जिल्लाको नेतृत्वमा जाने आकांक्षा राखेको हु ।

पार्टी फुटको अबस्थामा पुग्दा तपाईं जिल्लाको नेतृत्व पनि सम्हाल्नु भयो । पार्टी फुटको अबस्थालाई रोक्दै धेरै अर्को समुहमा लागेका साथिलाई फर्काउन पनि सफल हुनुभयो त्यस हिसावमा पनि म चाहिँ नेतृत्वमा जानू पर्छ भन्ने तपाइँको दावी हो ?

मैले पार्टीको जस्तो सुकै अवस्थामा पनि पार्टीको एउटा खम्वाको रुपमा उभिएर पार्टीका निम्ति मैले काम गरेको छु ।  दस बुंदे समजदारी हुनुभन्दा अगाडि पार्टीमा एक खाल्को समस्या आउदा खेरी पार्टीको मुल प्रवाहलाई नेतृत्व गरेर अगाडि बढे । त्यो मुल प्रवाहको नेतृत्व गर्दै गर्दा पनि आम कार्यकर्ताको मनोभावनलाई समेटेर अगाडि बढेको छु । पछिल्लो समय पार्टी एकताको प्रक्रिया अगाडि बढ्यो । त्यस पश्चात दस बुंदे सहमती पश्चात मैले त्यस्को अक्षरस पालाना गर्दै सातौं अधिबेशन बाट निर्वाचित भएर आएको मेरो सचिव पदमा नै म रहे । र उदयपुर जिल्लाको हाम्रो पार्टीलाई एकता बद्ध बनाउने कुरामा दस बुंदे बाट आएका साथिहरु फरक हुन नभनी कन एकता बद्ध भएर अगाडि बढेका छौ । पार्टी एकता बद्ध छ र रहने छ र नेतृत्व निर्माण गर्ने सन्दर्भमा पनि एकताबद्ध भएर अगाडि बढ्ने कुरामा दृढता पुर्वक हामी उभिएका छौ । यस्ले नै पार्टीको आन्तरिक जिवनमा राम्रो हुन्छ र एकताले नै हामी सबै कुरा गर्न सक्छौ भन्ने कुरा म भन्न चाहान्छु । त्यो भएको हुनाले अबको नेतृत्वमा युवा नेतृत्व, सक्षम नेतृत्व, बैचारिक नेतृत्व र बौद्धिक नेतृत्वलाई अगाडि बढाउनका निम्ति सबै प्रतिनिधिहरु लाग्नु हुन्छ भन्ने लाग्छ ।

सबै प्रतिनिधिहरु आइ सक्नु भयो होला, तपाइँको ती प्रतिनिधिहरु संग पनि भेटघाट भएको होला उहाँहरुको मनोभावना कस्तो पाउनु भएको छ । पार्टीको बिधान अनुसार चुनाव होस वा सर्वसम्मत होस भन्ने छ ?

अधिकांश प्रतिनिधीहरुको चाहिँ सर्वसम्मत होस भन्ने नै पाएको छु । र हामिहरु पनि सर्वसम्मत गर्नु पर्छ भनेर प्रयास कसरत गरिरहेका छौ । तर अब सर्वसम्मतको प्रयास असफल भए लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्ने पार्टी भएकोले स्वस्थ रुपमा कसैलाई आरोप प्रत्यारोप नलगाई प्रतिनिधिहरुका बिचमा गएर उहाँहरुले आफुले नेतृत्व छान्न पाउने अधिकारलाई बञ्चित नगरिकन कुनै प्यानल वा टिम नबनाईकन सबल सक्षम काम गर्ने नेतृत्वलाई स्थापित गर्ने काम प्रतिनिधिहरुको हुनेछ ।

हस अन्तमा केही भन्न चाहनु हुन्छ ?

धन्यवाद, तपाइ लगाएत सम्पुर्ण सोलुसन टिमलाई मेरो बिचारलाई प्रवाहित गर्ने जुन अवसर प्रदान गर्नु भयो । त्यस्को लागि फेरि पनि धन्यवाद

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।