उदयपुर पुस २२ । नेपाली कांग्रेसको १४ औं अधिबेशनबाट हिमाल कार्की उदयपुरको जिल्ला सभापति भएपछी जिल्ला कार्यसमितिमा ८ जना मनोनयन भएका छन ।
पार्टीको बिधान अनुसार सभापतिले २० प्रतिशत मनोनयन गर्न पाउने अधिकार अनुसार बिधानले गरेका केही समाबेशी बाहेकका कोटामा ८ जना मनोनयन भएका हुन ।
सभापति भएको झन्डै एक महिना पछि नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित) को धारा १२ को उपधारा ५ ख २ बमोजिम ८ जनालाई मनोनयन गरेको सभापति हिमाल कार्किले बताएका छन ।
मनोनयन हुनेहरुमा प्रदेश संसद सञ्जा कुमारी दनुवार, महेन्द्र कुमार राई,मदन बहादुर कट्टुवाल, बिष्णु प्रसाद कोइराला, गरुण मान बिक,मीन बहादुर मगर, लिला भट्टराई र राम कुमारी साह रहेका छन ।