प्रधानमन्त्री देउवा ‘आइसोलेसन’मा, भोलि पीसीआर गरिने

Logo
आइतबार, पुष २५, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा बसेका छन् । उनको भोलि पीसीआर परीक्षण गरिने भएको छ ।

गएको बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिएका छन ।

उनी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । भोलि पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने भानु देउवाले बताए ।

सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमण देखिएपछि एकान्तवासमा छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान बालकोट पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।