एक वर्षपछि एमालेको सरकार आउने र विकासको लहर ल्याउने एमाले अध्यक्ष ओलीको दावि

Logo
सोमबार, पुष २६, २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् ।

उनले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे ।

उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए ।

प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताए ।

कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उनले समय क्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गरे । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उनको परिवारको रु ५० करोड लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।