उदयपुर २६ पुष । ब्याबसायीहरुको छाता संगठन त्रियुगा उद्योग बाणिज्य संघको छैटौं वार्षिक साधारण सभा तथा अधिबेशन आजबाट उदयपुरको गाइघाटमा हुने भएको छ ।
लामो समय देखि विवादमा मुछिएको संघलाई उच्च अदालत बिराटनगरले साधारण सभा तथा अधिबेशन गर्न मिल्ने गरि फैसला गरे पछि आज अधिबेशन हुने भएको हो ।
गाइघाटको रामजानकी पार्टी प्यालेशमा हुने कार्यक्रममा त्रियुगा नगरपालिका भरमा उद्योगी तथा ब्याबसायीहरु सहभागी हुने छन ।
लामो समयसम्म विवादमा मुछिएर आर्थिक अपचलन गरेको सम्म मुद्दा खेपेको संघले अधिबेशन मार्फत नयाँ नेतृत्व चयन गरेर त्रियुगा उद्योग बाणिज्य संघलाई ब्याबसायीहरुको हकहितका लागि बोल्ने एक नम्बर संस्था बनाउने कार्यवाहक अध्यक्ष रमेश रसाइलीले बताए ।
ब्याबसायीको हकहित र उद्योग ब्याबसायलाई प्रबर्द्धन गर्ने उदेश्यले खुलेको संस्था गलत मनसायका ब्याक्तिको हातमा पुग्दा लथालिङ्ग भएको र यो अधिबेशनले सहि नेतृत्व चयन गरेर ब्याबस्थापन गर्ने त्रियुगा उद्योग बाणिज्य संघका सदस्य बिनोद पाण्डेले बताए ।
“संघलाई सिमित ब्याक्तीहरुले आफ्नो स्वार्थ पुर्तिका निमित्त चलाउदै आएको हुदा संस्था धेरै विवादमा मुछिनु पर्यो ।” पाण्डेले भने, “संस्था बिसुद्ध ब्याबसायिक हकहितका लागि हुन पर्दछ, अब यो अधिबेशनले सहि नेतृत्व चयन गर्नेछ र हाल सम्म भएका अनिमियत कामलाई रोकेर यस्को उदेश्य बमोजिम विधि र बिधान सम्मत चल्नेछ ।”