उदयपुर २६ पुष । ब्याबसायीहरुको छाता संगठन त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश रसाइली सर्वसम्मत मतले बिजयी भएका छन । त्रियुगा नगरपालिका स्थित गाइघाटमा भएको छैटौं साधारण सभाबाट रसाइली सहित सम्पुर्ण पदाधिकारी र कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।
६ जना पदाधिकारी र ६ जना सदस्य रहेको कार्यसमिति पदका सम्पुर्ण टिमलाईनै साधारण सभामा उपस्तिथित १ हजार ५ सय बढि ब्याबसायीहरुले सर्वसम्मत रुपमा समर्थन गरेको निर्वाचन मण्डलका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
साधारण सभामा हाल सम्म भएका त्रियुगा उद्योग बाणिज्य संघका गतिविधि र आर्थिक प्रतिबेदन सचिव दिनेश श्रेष्ठले प्रस्तुत गरेका थिए । सचिव श्रेष्ठले प्रस्तुत गरेको प्रतिबेदनलाई समेत सभामा उपस्तिथित सम्पुर्ण ब्याबसायीले समर्थन जनाएका थिए ।
समितिमा कोषाध्यक्ष पद रिक्त रहेको हुदा रिक्त कोषाध्यक्षको तर्फबाट समितिका तर्फवाट संघका सदस्य बिनोद पाण्डेले प्रस्तुत गरेको हाल सम्मको आर्थिक प्रतिबेदन र चालू आर्थिक बर्षको अनुमानित आर्थिक प्रतिबेदनलाई सभामा उपस्तिथित सम्पुर्ण सदस्यले अनुमोदन गरेका थिए ।
त्रियुगा बाणिज्य संघको इतिहासमै पहिलो पटक आर्थिक प्रतिबेदन सहित सम्पुर्ण कार्यसमितिका सदस्य साधारण सभामा उपस्थित सम्पुर्ण ब्याबसायीहरुबाट सर्वसम्मत अनुमोदन भएको संघका पुर्व सदस्य बिनोद पाण्डेले बताए ।
त्रियुगा उद्योग बाणिज्य संघमा चालु आर्थिक बर्षमा नविकरण गरेर साधारण सदस्य रहेका तीन तिहाई बढी सदस्यले नयाँ कार्य समिति र साधारण सभामा भएका सम्पुर्ण प्रतिबेदनलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको कुरा युवा ब्याबसायी तथा आर के कलेक्सनका प्रोपाइटर राजन कार्कीले बताएका छन ।
पुष २६ गते सम्पन्न साधारण सभा र अधिबेशनमा प्रदेश १ का संसद बिमल कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख देवि चौधरी, नेपाली कांग्रेसका नेता वसन्त बस्नेत, संस्थापक अध्यक्ष रत्न श्रेष्ठ, पुर्व अध्यक्ष सुर्य नारायण शाह, पुर्व प्रथम उपाध्यक्ष भरत सिंह राइ, विद्यार्थी नेता रोशन कार्की लगाएतका नेता तथा ब्यापसायी उपस्तिथित थिए ।
साधारण सभालेनै कार्यसमितिका सबैलाई सर्वसम्मत रुपमा अनुमोदन गरेपछि आजै नयाँ निर्वाचित कार्यसमितिलाई सफथ ग्रहण देखि पदभार ग्रहण समेत गराइएको छ । सर्वसम्मत रुपमा चयन भएका कार्यसमितिका सबैलाई त्रियुगा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्षले निर्वाचित भएको प्रमाणपत्र सहित पदभार ग्रहण गराएका थिए । सर्व सम्मत रुपमा निर्वाचित हुने हरुमा अध्यक्ष रमेश रसाइली, प्रथम उपाध्यक्ष नविन बस्नेत, द्वितीय उपाध्यक्ष पर्शुराम चौधरी, महा सचिव दिनेश श्रेष्ठ, सचिव रुपम अनुराग गुप्ता, कोष अध्यक्ष टिका कुमार श्रेष्ठ छन। यस्तै सदस्य हरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ शाह, श्रवण चौधरी र हिरा शाह रहेका छन।
कार्यक्रममा अधिवक्ता सोमनाथ ढुङ्गानाले नवनिर्वाचित कार्यसमितिलाई सपथ दिलाएका थिए । सपथ समारोहमा बोल्दै अधिबक्ता ढुङ्गानाले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । ऐतिहासिक साधारण सभामा उपस्थित हजारौ ब्याबसायीहरुले रसाइलीको नेतृत्वलाई तालिका साथा नाराजुलुस सहित अनुमोदन गरेका हुन ।
आजै सम्पन्न साधारण सभाले यस अघिको कार्यसमितिले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेका अध्यक्ष तथा केन्द्रीय सदस्य गजेन्द्र भगतको कारवाहीलाई समेत सर्वसम्मत रुपमा पास गरेको छ । पुर्व अध्यक्ष भगतलाई संस्थाको वृद्धि बिकासमा नलागेर आफ्नो स्वार्थ पुर्तीका निमित्त संस्थाको विधि बिधान विरुद्ध विभिन्न क्रियाकलाप गर्दै हिड्ने र आर्थिक अपचलन गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको नव निर्वाचित अध्यक्ष रमेश रसाइलिले बताए । साधारण सभामा उपस्थित सम्पूर्ण ब्याबसायीको एकमतले सर्वसम्मत अध्यक्ष भएकोले आफ्नो दायित्व संघलाई सर्वमान्य बनाएर अगाडी बढाउने र बिधि र बिधान भन्दा बाहिर नजाने अध्यक्ष रसाइलीले बताए। कुनै विषम परिस्थिति नबने आफ्नो कार्यकाल विधानमा उल्लेख भए भन्दा एक दिन पनि धेर नहुने उनले बताए।
उद्योग बाणिज्य संघमा साधारण सदस्य समेत नरहने गरि साधारण सभाले कारवाही गरे पछि पुर्व अध्यक्ष भगतको केन्द्रीय सदस्य पद समेत अप्ठ्यारोमा परेको एक ब्याबसायीले बताए ।
“भगतजि अब संस्थाको साधारण सदस्य समेत हुनुहुन्न उहाँ अब केन्द्रीय सदस्यमा बस्न समेत नैतिकताले दिदैन ।” उनले भने, “बिधानले दिएको समयाअवधीलाई वढाएर विभिन्न बाहाना बनाएर ५ बर्ष सम्म आफ्नो कार्यकाल लम्ब्याउने र निर्वाचित भए पछि एक पटकपटक पनि साधारण सभा नबोलाउनेले नैतिकता त नदेखाउलान तर पनि अब उनले केन्द्रीय सदस्य भनेर आफुलाई भन्न मिल्दैन ।”
राज्यको पुनःसंरचनाले त्रियुगा नगरपालिकाको भूगोल परिवर्तन भएर ठूलो भए पछि त्यस क्षेत्रमा रहेका ब्याबसायीहरुको समेत प्रतिनिधित्वलाई मध्य नजर गर्दै स्थापनाकालमा भएको बिधानलाई संशोधन गरि कार्यसमितिलाई थपगर्ने प्रस्ताव समेत साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।