उदयपुर कांग्रेसले इतिहास लेखाउने कि इतिहास बन्ने

Logo
खेमराज दाहाल बुधबार, माघ २६, २०७८

उदयपुर माघ २६ । ५ बर्ष सम्म कुवाको पानी सरि जमेर बसेको नेपाली कांग्रेस भर्खरै वडा देखि केन्द्र सम्मको अधिबेशन सकेर केही चलाएमान भएको छ । १३ औं अधिबेशनबाट शेर बहादुर देउवा नेतृत्वमा आए पछि कांग्रेस इतिहांसकै सबै भन्दा कमजोर अवस्थामा आइपुग्यो । भर्खर सम्पन्न अधिबेशनबाट पुनः देउवा नेतृत्वमा दोहोरिए । स्थानीय, प्रदेश देखि केन्द्र सम्मका निर्वाचनमा कांग्रेस कमजोर बन्यो । यस्तो अवस्थामा केन्द्रमा फेरि पुरानै नेतृत्व दोहोरिदा अबको कांग्रेसको पोजिसन के हुने भन्ने कौतुहलता हरेक बर्गका नागरिकमा छ ।

दुई तिहाई नजिक जनमत पाएर सरकारको नेतृत्व लिन पुगेको तत्कालिन माओवादी एमाले गठबन्धन पार्टी एकीकरण गरेर नेकपा बन्यो । तीन बर्ष सम्म केपी शर्मा ओलीले नेतृत्व गरेर आफ्नै आन्तरिक कोचोलाले पार्टी फेरि पुनः पुर्ववत ठाउँमा आए । त्यतिमा मात्र सिमित रहेन पुर्व नेकपा एमाले समेत त्यही कलहमा परेर फुट्यो । १५ बर्ष सम्म एमालेको नेतृत्व सम्हालेका माधव नेपाल समूह पार्टीबाट फुटेर गयो । त्यसको असर स्थानीय तह सम्म छ ।

यसरी सरसर्ती हेर्दा अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना देखिन्छ तर कांग्रेसले जनतामा के एजेन्डा लिएर जान्छ । नेतृत्वमा पुरानै अनुहार दोहोरिदा कांग्रेस सँग खास नवीन योजना तथा एजेन्डा देखिन्दैनन यसो हुदा कांग्रेसको विकल्प फेरि पनि इतिहासलाई भजाउनु बाहेक केही छैन । नेतृत्वमा दोहोरिएका देउवा पुरानै शैलिमा चलेका छन उनिमा सचिने कुनै चेष्टा छैन । जनताका आकांक्षा संग खासै रुचि नराख्ने देउवा कांग्रेसको नेतृत्वमा हुदा कांग्रेसलाई पहिलो पार्टी बन्न सजिलो छैन । बैशाख ३० गते मिति तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्नै पर्छ ।

स्थानीय तहमा कांग्रेस पहिलो पार्टी बन्नका निमित्त भर्खर सम्पन्न अधिबेशनमा पराजित भएका नेताहरुलाई उचित ब्याबस्थापन गर्दै पार्टीमा रहेका विभिन्न विभागहरुलाई सक्रिय बनाएर लैजान जरुरी छ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा भएको हारलाई अन्तरपार्टी निर्वाचन मार्फत जितमा बदल्न र जितलाई पार्टी सुदृढीकरण गर्दै पार्टीलाई पहिलो बनाउन लाग्नु पर्ने बेला भएको छ ।

नेपाली कांग्रेस उदयपुरले अहिले राजनीतिक संघर्षबाट सफलता पाएको नेतृत्व पाएको छ । जिल्लाका ८ पालिका मध्य १ पालिकामा मात्र कांग्रेसले जित हात पार्दा प्रदेश र संघमा भने कम्युनिस्टहरुको गठबन्धनलाई समेत मात दिदै जित हांसिल गरेको उदयपुर कांग्रेसलाई प्रतिपक्षीहरुले कमजोर ठानेका छैनन । संघ र प्रदेशमा बिजयी भएका दुबै माननियहरु अहिले मन्त्री बनेका छन । अब हुने आम निर्वाचनमा समेत उनिहरुकै बोलाबाला देखिने वाला छ । संघिय संसद तथा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्का फेरि एक पटक संघमा उठ्ने इच्छा जाहेर गरेको पाइन्छ । यता कांग्रेस उदयपुरको नेतृत्व सम्हालेका प्रदेश १ का भौतिक पुर्वाधार बिकाश मन्त्री हिमाल कार्की फेरि पनि प्रदेशमानै उठ्ने सम्भावाना देखिन्छ । मन्त्री कार्की आउने निर्वाचनमा पुनः जितेर गए प्रदेश १ सरकारकै मुख्यमन्त्रीको दावेदार मानिन्छन ।

कांग्रेस उदयपुरले एक पटक फेरि इतिहास रच्ने समय आएको छ  ।  नेतृत्वको यो परिक्षाको घडी हो । यो परिक्षाको घडिमा नेतृत्वले सहि निर्णय लिन सके मात्र समग्र पार्टी पँति पास हुने छ । यो पटक राजनीतिक संघर्षबाट जन्मिएको पार्टी नेतृत्वले विवेक पुर्याएर स्थानीय तहको चुनावमा टिकट बितरण गर्ने हो भने संघ र प्रदेशमा समेत त्यस्को राम्रो सन्देश जाने र कांग्रेस एक भएर उदयपुरका ८ पालिका सहित ४ प्रदेश क्षेत्र र २ संघिय क्षेत्रमा जित हांसिल गर्न सकिने छ । यस अगाडीको टिकट बितरणले जन्माएको समस्या अहिलेसम्म आलै छ । सोही कुरा यस पटकको नेतृत्वले दोहोर्‍यादैन भन्नेमा कांग्रेसका कार्यकर्ता र आम सुभेच्छुकहरु आशाबादी छन ।

यस पटक पालिकाहरुको टिकट बितरणमा उदयपुरका केन्द्रीय सदस्य द्वय लक्ष्मी परियार र डा . खड्का हावी हुनेछन । पार्टीको केन्द्रीय नेतृत्व संग निकट मानिने नेता द्वय परियार र खड्काका अलवा जिल्लाको नेतृत्व गरेका कार्की समेत देउवा निकटका छन । प्रदेश निर्वाचन क्षेत्र देखि संघिय निर्वाचन क्षेत्रको नेतृत्व गर्ने नेताहरु समेत देउवा निकटका छन । त्यसो हुदा टिकट बितरणमा उदयपुर जिल्लामा देउवा समूह हावी हुने निश्चित जस्तै छ । पार्टीको आन्तरिक चुनावमा जितेकै भरमा पराजितरुलाई पाखा लगाउने अमुक ब्यक्ती प्रती लक्षित हुने खालका गतिबिधीले नेतृत्व सहित पार्टीलाई क्षयिकरण तर्फ धकेल्न सक्नेछ । यस कुरामा पार्टी नेतृत्व सचेत रहेको जिल्ला अधिबेशन ताका देखिएको गम्भीरताले स्प्ष्ट पारेको छ ।

पार्टी नेतृत्वले दवावमा आएर हैन, को, कहाँ, किन भन्ने प्रश्नलाई गम्भिरता पुर्वक बिचारेर मात्र टिकट बितरण गर्न पर्ने हुनेछ । संघ र प्रदेशमा जित हांसिल गरेको भए पनि उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा हार बेहोर्दा त्रियुगा नगरवासिले १० औं बर्ष पछाडि पर्नु परेको छ । थोरै मतले पछाडि परेर पराजय बेहोरेका त्रियुगा नगरको मेयरका प्रत्यासी वसन्त बस्नेत सो पराजयलाई बिजयमा बदल्न सोही दिन देखि लागि परेका छन ।

पार्टी भित्रको आन्तरिक निर्वाचनमा जितेर गएकाहरु पार्टी संचालन गर्न गएका हुन । जितेर गएकाहरुले आफू आन्तरिक निर्वाचन मार्फत जितेर गएकै कारण अन्तरपाटी  चुनावमा आफै निर्णायक हुन खोजे समग्र पार्टीले क्षती ब्योहार्ने कुरामा सचेत हुन जरुरी छ । नेतृत्वले आम कार्यकर्ताको भावना र मतदाताको भावानालाई सदैव आत्मसाथ गर्दै स्थानीय निर्वाचनमा उचित उम्मेद्वार छनोट गरेर आउने प्रदेश र संघिय चुनावको लागि दर्विलो आधार तय गर्नु पर्ने छ । वडाका सदस्य देखि लिएर वडा अध्यक्षहरुको उचित छनोट भए मात्र समग्र पार्टीले बिजयी हांसिल गर्न सक्ने कुरामा सदैव सचेत रहन जरुरी छ ।

नेपाली कांग्रेस उदयपुरले आउने स्थानीय निर्वाचनलाई  ऐतिहासिक बनाउन सक्ने सुनौलो अवसर पाएको छ । यो अवसर उदयपुर कांग्रेस हाँकी रहेका नेताहरुले नै सिर्जना गरेको अवसर हो । हालै सम्पन्न कांग्रेस महाधिवेशनले हरेक बर्ग, समुदाय, जातजाती लगाएत युवा तन्नेरीहरुमा कांग्रेस प्रती उत्साह जगाएको छ । त्यो उत्साहलाई स्थानीय चुनाव मार्फत पार्टीमा संस्थागत गर्दै जनअपेक्षालाई आत्मसाथ गरेर जनताका आधारभुत बिषयमा गम्भीर भएर लागे उदयपुर कांग्रेस र आजको नेतृत्वले इतिहास लेखाउने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry