उदयपुर जिल्लाको समग्र भुगोललाई कार्यक्षेत्र बनाएर उदयपुरमा जिल्ला उद्योग बाणिज्य संघ दर्ता

Logo
शुक्रबार, माघ २८, २०७८

उदयपुर । उदयपुर जिल्ला भरलाई आफ्नो क्षेत्र समेटेर उदयपुरमा जिल्ला उद्योग बाणिज्य संघ दर्ता भएको छ । जिल्ला प्रशासन कार्यलय उदयपुरमा ११९७ दर्ता नं भएको संघमा चुडामणी कार्की अध्यक्ष भएका छन ।

उद्योगी ब्याबासायी हरुको हकहितको लागि काम गर्ने र उद्योग ब्याबसायलाई प्रवर्द्धन गर्ने उदेश्य सहित जिल्ला भरिको भुगोललाई समेटेर संघको स्थापना गरेको अध्यक्ष कार्कीले बताए ।

“जिल्लाका आठै पालिकामा जिल्ला उद्योग बाणिज्य संघ मातहत रहने गरि शाखाहरुको स्थापना गर्छौ” अध्यक्ष कार्कीले भने, “जिल्लामा रहेका हालका अन्य बाणिज्य  संघहरुलाई पनि यसै संघ अन्तर्गत राख्ने गरि यो संघको स्थापना गरिएको हो ।”

नयाँ दर्ता भएको संघमा अध्यक्ष कार्की सहित कुमार प्रसाद घिमिरे वरिष्ठ उपाध्यक्ष, सुनिल कुमार महतो उपाध्यक्ष (बाणिज्य ), ईश्वर मान राई  उपाध्यक्ष  (उधोग), सुनिल शाह महासचिव, युवराज पराजुली सचिव, पंकज गुप्ता कोषाध्यक्ष र सदस्यमा उद्धव दाहाल, प्रकाश चन्द्र मिश्र, निर्मला कुमारी कार्की,श्रीविन्दा परियार, छेत्र बहादुर खड्का(रामजी खड्का )  श्री दशरथ प्रसाद साह  रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]