गाईघाटमा विद्युत सर्ट भई आगलागी हुदा ८० लाख बढीको क्षति

Logo
आइतबार, फाल्गुण ०१, २०७८

उदयपुर । उदयपुरमा शनिबार राति भिषण आगलागी भएको छ । त्रियुगा नगरपालिका १२ ग्रीनसिटी पार्टी प्यालेस दक्षिण तर्फ रहेको टिनको सटर भएको भुइँ तले घरमा राति १ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट हुदा ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालका १२ का मदन साहको चार वटा सटरमा रहेको किराना पसलका सामानहरु जलेर नष्ट भएको छ । किराना पसलको सामान जल्दा अन्दाजी ४० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरहा गोलबजार घर भई उक्त सटरमा स्टिकर पसल गर्ने जनक मगरको पसल जल्दा अन्दाजी ११ लाखको क्षति भएको छ ।

यस्तै त्रियुगा नगरपालिका ८ घर भई सोही ठाउँमा मोटर पार्टस संचालन गरेका सरोज रेग्मीको पसल जल्दा अन्दाजी २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

जग्गा धनी बाबुराजा प्रजापतीको एक तले टिनले छाएको भुइँ घरको ६ वटा कोठामा क्षति भई अन्दाजी ८ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिका गरी तीन वटा दमकलले आइतबार विहान ४ बजे आगो नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।