वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय चुनावमा भोट हाल्न पाउने

Logo
सोमबार, फाल्गुण ०२, २०७८

काठमाडौं । संबिधानले ब्याबस्था गरे बमोजिम स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेको छ त्यसैले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउछन ।

आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको प्रवक्ता शर्माले बताए । यसअन्तर्गत करिब दुई लाख युवाले मताधिकार प्रयोग गर्न पाउने अनुमान छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ५ फागुनदेखि दल दर्ता सुरु गर्दै छ । यसअघि दर्ता भइसकेका दलहरुले पनि दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ । दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने आयोगको तयारी छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।