त्रियुगा नगरपालिकामा अबको मेयर को ?

Logo
आइतबार, फाल्गुण ०८, २०७८

स्थानीय सरकार देश विकासको मेरुदण्ड हो भन्ने विश्वासका साथ विकासप्रतिको अपेक्षा राख्दै हक–अधिकार र स्रोत–साधनसहित जिम्मेवारी प्रदान गरिएको छ । तर, स्थानीयस्तरमा जनताले जनप्रतिनिधिबाट आचरण र विकासको अपेक्षा, आर्थिक सामाजिक रूपान्तरणको आशा गरेका थिए, त्यो प्राप्त हुन सकिरहेको छैन । यसैका बिच सरकारले २०७९ वैशाख ३० गते मुलुकका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति घोषणा गरिसकेको छ ।  पालिका प्रमुखका लागि विभिन्न राजनीतिक दलभित्र दौडधुप सुरु भएको छ ।

नेपालको ईतिहास र ब्यापरिक दृष्टिले पनि परिचित हुँदै गएको उदयपुर जिल्लाको सदरमुकाममा रहेको उपमहानगरपालिका उन्मुख त्रियुगा नगरपालिकाको मेयरमा को र कस्तो ब्याक्ती भन्ने बहसमा अगिल्लो लेखेमा कस्तो ब्याक्ती भन्ने बिषयमा चर्चा भै सकेको हुदा अब यस लेखमा को ब्याक्ती भन्ने बिषयमा यो भाग केन्द्रित हुने छ । त्रियुगा नगरपालिकामा मेयरको आकंक्षी धेरै जना देखिन्छन । देशको पहिलो ठुलो दल नेकपा एमालेबाट इश्वर मणि राउत, भागवत राउत, प्रमेश घिमिरे, प्रकाश बस्नेत छन । यता दोस्रो ठुलो दल कांग्रेसबाट वसन्त बस्नेत, प्रकाश खड्का, सरोज बस्नेत छन । नेकपा एस बाट वलदेव चौधरी र माओवादी बाट किरण राई हुन । अन्य दलबाट अनि आकांक्षा सहित कोहि आउलान तर अन्य दलको राजनीतिक संगठन कमजोर भएका कारण सम्भावना कम छ । पहिलो भाग पड्न यहाँ क्लिक गर्नुहोस ।

उदयपुरको त्रियुगा नगरपालिका कांग्रेस र एमालेको राम्रो संगठन भएको स्थान हो । यस अगाडीका निर्वाचनलाई आधार बनाएर हेर्दा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा हुने गरेको छ । तर २०७४ सालको स्थानीय निर्वाचनलाई हेरेर विश्लेषण गर्दा यो पटक नेकपा एमाले तुलानात्मक हिसावले कमजोर देखिन्छ । नेकपा एमालेबाट मेयरमा बिजयी भएका वलदेव चौधरी एमाले छाडेर नेकपा एसमा गएका छन ।

२०७४ सालमा मेयरमा बिजयी हुदा वलदेव चौधरीले जातिय, सम्प्रदायिक र दलिय भोट पाएका थिए । यस पटक पनि वलदेव चौधरी मेयरमा दोहोरिने निश्चित छ । चौधरी यस पटक मेयरमा दोहोरिदा नेकपा एमालेको दलिय भोट पाउने छैनन, उनिसंग जातिय र सम्प्रदायिक भोट मात्र हुने छ । जुन उनले २०७४ मा ल्याएको मतको आधामात्र हो ।

यता एमाले बाट उठेर मेयर जितेका चौधरी फुटेर जाँदा २०७४ मा एमालेले पाएको मतबाट नै काट्ने हुन । यसो हुदा अगिल्लो निर्वाचनलाई मात्र हेरेर विश्लेषण गर्ने हो भने कांग्रेस बलियो देखिन्छ । तर चौधरीले जातिय र सम्प्रदायिक मत पाउँदा कांग्रेसका वसन्त बस्नेतले पनि केहि मत त्यो किसिमको पाएको अनुमान लगाउन सकिन्छ ।

अव हुने निर्वाचनमा नेकपा एसले जातिय र सम्प्रदायिक मत मात्र पाउने, एमाले र कांग्रेसले भने दलिय भोट मात्र पाउने निश्चित छ । यता सांगठनिक रुपमा कमजोर देखिएको माओवादीले पनि सामान्य दलिय भोट र सम्प्रदायिक भोट पाउने अगिल्लो निर्वाचन परिणामले देखाउछ ।

नेकपा एस र माओबादीमा खासै मेयरमा उठ्ने बिषयमा विवाद छैन । एमाले र कांग्रेसमा भने मेयरको टिकटको लागि ठुलै लगानी र कसरत हुने सम्भावना प्रवल छ । जिल्ला अध्यक्ष रहेका प्रमेश घिमिरे जिल्लाको नेतृत्वमा रहेका कारण यो पटक ब्याक होलान तर इश्वरमणी, भागवत र प्रकाश बस्नेत भने दर्विलै फाइट गर्ने देखिन्छ । कांग्रेसमा यस अगाडि एमालेको दलिय भोट र  सम्प्रदायिक मत पाएका वलदेव चौधरीलाई आछुआछु पारेका बसन्त बस्नेतको दर्विलो उम्मेद्वारी रहने छ । त्रियुगा नगरपालिकाको वडा नं १० बाट वडा अध्यक्ष भै सकेका र कांग्रेस पार्टीको नगर सभापति रहेका प्रकाश खड्काले पनि दर्विलो आकांक्षा राख्ने छन । नगर सभापती भएर सफल भएका हालका प्रदेश क्षेत्रका सभापती रहेका सरोज बस्नेतको पनि आकांक्षा रहन सक्छ ।  यसरी दुई पार्टीमा दुई भन्दा बढी ब्याक्ती आकांक्षी हुँदै गर्दा त्यसको असर निर्वाचन परिणाममा देखिन सक्छ ।

नेपाली कांग्रेसबाट आकांक्षिहरु ब्याबस्थापन कसरी होला र सम्भव छ, यस्को चर्चा गरौ । पार्टीको आन्तरिक निर्वाचनमा  नगर, प्रदेश निर्वाचन क्षेत्र, संघिय निर्वाचन क्षेत्र र जिल्ला तहमा शेर बहादुर देउवा निकटहरु बिजयि भएका छन । केन्द्रमा देउवा सहित जिल्लामा पुरै टिम त्यो समुहको हुदा जिल्ला भरका पालिकाको टिकट बितरण सोही समुहले गर्ने छ । यसरी टिकट बितरणमा आफ्नै समुहका तल देखि माथी सम्म हुदा प्रकाश खड्का र सरोज बस्नेतले मेयर दावी गर्ने छ्न ।

जिल्लामा रहेका आठ पालिका मध्य आठमा आठै पालिकामा आफ्नै समुहका नेतालाई टिकट बितरण गरियो भने कांग्रेस भित्र चरम असन्तुष्टि पैदा हुने छ । कटारी नगरपालिकामा पार्टी सभापति हिमाल कार्की समुहकै ब्यक्ती मेयरको उम्मेद्वार हुनेछन । यता बेलका नगरमा पनि कार्की समुहबाट मेयरको टिकट पाउने सम्भावना छ भने चौदण्डि नगरपालिकामा पनि कार्की समुहकै हालका मेयर खगेन्द्र राई दोहोरिने छन । यसो हुदा पार्टी भित्रको समीकरण मिलाउन सभापति कार्कीले त्रियुगा नगरपालिकामा अर्को समुहबाट अगाडि सार्नु पर्ने बाध्यतामा पर्ने छन ।

त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयरमा आकांक्षा देखाउने मध्य सबै भन्दा बढी सम्भावित मध्य वसन्त बस्नेत हुन । २०७४ सालमा थोरै मतले पराजित भए पछि पराजित हुन परेका कमजोरी हरुलाई मेटाउन उनले त्यसै दिन देखि तयारी गरेका छन ।

त्रियुगा नगरपालिकामा कांग्रेसको प्रमुख प्रतिस्पर्धी नेकपा एमाले बाट इश्वर मणि राउत र भागवत राउतको सम्भावना रहेको एमाले बृतका केही नेता बताउछन । फुटबाट गुज्रिएको एमालेको अगिल्लो निर्वाचनमा आएको भोटलाई आधार मानेर विश्लेषण गर्ने हो भने एमालेको दलिय भोटले मात्र उस्लाई जितको लागि पुग्ने छैन । तर एमालेबाट इश्वर मणि अथवा भागवत उठेमा ७४ मा वसन्त बस्नेतलाई आएको केही भोट भने उनिहरुले लिने छन ।

आजको राष्ट्रिय राजनीतिमा देखिएको गठबन्धनलाई हेरेर विश्लेषण गर्दा त्रियुगा नगरपालिकामा नेकपा एस र माओवादी गठबन्धन गरेर निर्वाचनमा जाने सम्भावना प्रवल छ । त्यसो हुदा पनि गठबन्धनबाट मेयरमा उठ्ने हालका मेयर वलदेव चौधरी हुने छन । अगिल्लो निर्वाचनमा आएको मतपरिणामलाई बिश्लेषण गर्दा यो गठबन्धनको भोट अन्य पार्टीको भन्दा माथी हुनेछ तर माओबादीलाई आएको मत वलदेव चौधरीलाई आउने सम्भावना न्यून छ । जातिय मत बाट बिजयी बनेका मेयर चौधरी आफ्नो कार्यकाल भर जातिय राजनीतिमा नै सिमित रहे । २०७४ को निर्वाचनमा माओबादीबाट मेयरका उम्मेद्वार किरण राइले पाएको मत बढी पहाडी वडा १४,१५ र १६ का हुन । ती भुगोलका मतदातालाई मेयर चौधरीले उपेक्षा गरेका छन ।

एमाले फुटबाट गुज्रिएको, माओबादीको संगठन कमजोर रहेको र नेकपा एस सत्तामा रहेको हुँदा स्वाभाविक रुपमा यो पटक कांग्रेसको त्रियुगामा इतिहास रच्ने समय आएको छ । तर थपिएका मतदातालाई आफू तिर आकर्षित गर्न र अगिल्लो निर्वाचनमा आएको मतपरिणामलाई कायम राख्न कांग्रेसले सक्नु पर्दछ । अगिल्लो निर्वाचनमा आएको मतपरिणामलाई कायम राख्न र थप मतदातालाई कांग्रेसमा मत लगाउन कांग्रेस पार्टी एक हुन जरुरी छ । यस्को लागि पार्टी भित्रको समीकरणलाई गम्भिरता पुर्वक मिलाएर टिकट बितरण गर्ने र आकाँक्षीहरुको मनोभावानालाई समेत ठोस नपुग्ने गरि मिलाएर लैजान नेतृत्वले महत्वपुर्ण भुमिका खेल्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।