नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले टोल कमिटी गठनलाई दियो तिब्रता

हाल सम्म एक दर्जन बढी टोल कमिटि गठन : वडा सभापती काफ्ले
Logo
मंगलबार, चैत्र ०१, २०७८

उदयपुर । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै टोल कमिटी गठनलाई तिब्रता दिएको हो ।

वडा नं १२ का सभापती चुडा काफ्लेका अनुसार हाल सम्म वडामा एक दर्जन जति टोल कमिटी गठन भै सकेका छन ।

आज टोल कमिटी गठन अभियान अन्तर्गत फुलचोक टोल कमिटी गठन गरिएको छ । नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य महेन्द्र राई, पुर्व क्षेत्रीय सभापति बसन्त बस्नेत, त्रियुगा नगरापालिका उपप्रमुख देवि कुमारी चौधरिको उपस्थितिमा फुलचोक टोल कमिटी गठन गरेको नेपाली कांग्रेस वडा नं १२ कार्यसमितिकी सचिव अनिता थापाले जानकारी दिइन ।

नेपाली कांग्रेसको केन्द्रीय निर्णय“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान अन्तर्गत वडावडामा टोलकमिटी गठनले केन्द्रको अभियानलाई सार्थकता दिएको पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेतले बताए ।

टोल कमिटी राजनीतिको पहिलो आधार भएकोले टोलकमिटिमा झुझारु युवाहरुलाई अवसर दिनु पर्नेमा जिल्ला कमिटी सदस्य महेन्द्र राईले जोड दिए ।

आसन्न निर्वाचनलाई लक्षित गरेर गरिएका टोल कमिटी गठनले त्रियुगा नगरपालिकामा कांग्रेसले जित्ने आधार बनाएको उपमेयर देवि चौधरिले बताइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।