मोटरसाइकलको ठक्करले बेलकामा पैदल यात्री महिलाको मृत्यु

Logo
बुधबार, चैत्र ०२, २०७८

उदयपुर । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

बेलका नगरपालिका– ३ बस्ने ७६ वर्षीया बृद्धा राम माया आलेको मृत्यु भएको हो ।

आज बिहान पौने ११ बजे पैदल हिडिरहेकी आलेलाई स.७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्करदिदाँ घाईते भएकी थिईन् । घाईतेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।