उदयपुरे नागरिकको मुटु छिया छिया बनाउने दुई घटना, जस्ले सबैको आँखा रसाए

Logo
बुधबार, चैत्र ०९, २०७८

यसै साता चितवनमा गैँडाको आक्रमणमा परि भाग्ने क्रममा दलदले पोखरीमा डुबेर उदयपुरका एक नेपाली सेनाका जवानको मृत्यु भयो । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका सैनिक जवान पवन कटुवालको दलदलमा डुबेर ज्यान गयो। त्यो घटना घटेको एक हप्ता बित्न नपाउदै आम नागरिको सुरक्षामा खटिएकी एक महिला प्रहरीले ज्यान गुमाउन पर्यो।

आइतबार मोरङको लेटाङ नगरपालिका-५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी थिइन। तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए। दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरे।

घाँटीमा चक्कु प्रहार पछि ‘ऐय्या…’ भनेर भुइमा ढलेकी उर्मिला कहिल्यै नउठ्ने गरि ढलिन। ‘उनले ऐय्या…भनेको सुनेपछि नजिकै रहेका अर्का सुरक्षा कर्मीले देखे उनको घाँटीबाट भलभल रगत आइरहेको थियो, उपचारका लागि हस्पिटल लादै गर्दा उनको बाटैमा ज्यान गयो।

बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी थिइन।

उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आए। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो।

‘एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुदै थियो ‘तर, त्यो समय नआई सदाका लागि उनीहरुले छुट्टिनुपर्‍यो। सँगै बस्ने आफ्नो सपनालाई उनले आफ्नै हातले अन्तिम बिदाई गर्न परेको छ ।

एकपछि अर्को यौनहिंसाका घटनाको दुष्चक्रमा पर्दै आएको मोरङमा फेरि त्यस्तै घटना नै प्रहरी जवान उर्मिलाको ज्यान लिने मुख्य कारण बन्यो । स्थानीयबासी र प्रहरीसहित दर्जनौं घाइते हुने र सिंगो गाउँ कर्फ्यूको कहरमा रहनुपर्ने कारक पनि यही घटना नै भयो।

एक कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्याको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्। घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ।प्रहरीका अनुसार घटनामा मारिएकी प्रहरीको शरीरका खत र कस्ता हतियार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको छ।

लेटाङ नगरपालिकाका प्रमुख राईले ‘जघन्य आपराधिक घटना’ का लागि विद्यालय जिम्मेवार रहेको बताए। उनले छात्रामाथि यौन दुर्व्यवहारको घटना विद्यालयमै ‘थामथुम’ गर्ने प्रयासले यो रूप लिएको बताए।

नगरपालिकाका प्रमुखले पहिला पनि यस्ता घटना भएको तर शिक्षकलाई ‘आइन्दा त्यस्तो नगर्ने’ भन्दै कागज गराउदै छोड्ने गरिएको पाइएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry