एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली गाईघाट आउदै

Logo
बिहिबार, चैत्र १०, २०७८

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उदयपुरको गाईघाट आउने भएका छन ।

त्रियुगा नगरपालिकाको बाँसबारीमा निर्मित मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न चैत्र ११ गते गाईघाट आउने भएका हुन ।

आँखा अस्पतालको उद्घाटन पछि गाईघाटको पिपलचोकमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका अध्यक्ष प्रमेश घिमिरेले जानकारी दिए ।

त्रियुगा नगरपालिकामा एमालेबाट मेयरमा बिजयी भएका वलदेव चौधरी एमालेको फुटपछी नेकपा एसमा गएका छन । फुटको असर देखिएको त्रियुगामा ओलीले सम्बोधन गर्ने आमसभामा विभिन्न पार्टी परित्याग गरि आउनेलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको अध्यक्ष घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]