चोक्टा खान गएकालाई झोलमा डुवाउने दिन बैशाख ३० : ओली

Logo
शनिबार, चैत्र १२, २०७८

उदयपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट फुटेर गएका हरुलाई पिलोको संज्ञा दिएका छन । नेकपा एमाले उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन्, हल्का दुखाई मात्र कम भएको हो, अव हाम्रो वजन बढिसकेको छ ।”

नेकपा एमालेबाट त्रियुगा नगरपालिकामा मेयर जितेका वलदेव चौधरी तर्फ लक्षित गर्दै चोक्टा खान गएका हरुलाई झोलमा डुवाउने चेतावनी दिए । “पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुवाउने उपयुक्त समय बैशाख ३० हो, यहाँका जनताले यो कुरा बुझ्ने छन ।” उनले भने ।

अहिले सरकार बाट आफुहरु अलग भएपनि स्थानीय, प्रदेश र संघको निर्वाचनको परिणामले एमालेलाई फेरी जनता नजिक बनाउने अध्यक्ष ओलीले जनाए । ओलीले भने, “नेकपा एमाले केही समयका लागि मात्र टाढा भएको हो, यो पनि जनताले टाढा बनाएका हैनन, राजनितिक दलका खराब तत्वहरुले टाढा बनाएका हुन । स्थानीय चुनाव सँगै एमाले पूनः जनता माझ फर्कने छ ।”

पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मदन भण्डारी आँखा अस्पतालको उद्घाटन समेत गरेका छन । आँखा अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै ओलिले आफ्नो सरकारले देशभर ३९६ अस्पताल एकैसाथ शिलान्यास गरेको उल्लेख गरे ।

आफ्नो स्वास्थ्य उपचारको प्रसंग कोट्याउदै ओलीले भने, ” नेपालमा नहुने उपचार बिदेश कहिँ पनि हुदैन यहाँ बिज्ञ डाक्टर हरु आइ सकेका छन ।, आफ्नो नजिकको भनेर हेला नगर्नुस यहाँ अब आँखा सम्बन्धी सबै उपचार हुन्छ।, मैले मेरो दोस्रो पटकको किड्नी प्रत्यारोपण नेपालमा नै गरेको हु अन्त गरेको भए के हुन्थ्यो हुन्थ्यो नेपालमा गरे अहिले स्वस्थ छु १८ घन्टा खट्न सकेको छु ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]