उदयपुर । जिल्लाकै सर्वोकृष्ट सामुदायिक बिद्यालय त्रियुगा नमुना माध्यामिक बिद्यालयको ब्याबस्थापन समितिको चुनाव चैत्र १४ गते हुने भएको छ । दुई समूह बनाएर हुन लागेको चुनावमा खुल्ला सदस्य तर्फ जिवन पाण्डे र लोक बहादुर तामाङ्गले प्रतिस्पर्धा गर्ने भएका छन ।
महिला तर्फ मनिता श्रेष्ठ र सुनिता रेग्मी राईले प्रतिस्पर्धा गर्ने भएका छन भने दलित तर्फ कर्नीमाया परियार र शषिकला परियारले प्रतिस्पर्धा गर्ने भएका छन ।
२०२३ सालमा स्थापना भएको बिद्यालय अहिले उदयपुर जिल्लाकै नमुना सामुदायिक बिद्यालयको रुपमा चिनिएको छ । अंग्रेजी नेपाली दुवै भाषामा पठन पाठन हुँदै आएको बिद्यालयमा कक्षा ११ र १२मा ल, कम्प्युटर साइन्स, साइन्स, म्यानेजमेन्ट, सिभिल इन्जिनियर, मास कम्युनिकेसन लगायतका बिषयमा पठनपाठन हुँदै आएको बिद्यालयका प्रधानध्यापक शुवाष बिष्टले जानकारी दिए ।
पुरानो बिद्यालय भए पनि प्रधानाध्यापकको रुपमा शुवाष बिष्ट आए पछि बिद्यालयले भौतिक देखि पठनपाठनमा व्यापक सफलता हाँसिल गरेको छ । उदयपुरको गाईघाटका प्राइभेट बोर्डिण्ङ्ग्को टाउको दुखाइ बन्दै आएको त्रियुगा माध्यामिक बिद्यालयको ब्याबस्थापन समितिको चुनावलाई हरेकले चासोका साथ हेरेका छन ।
ब्याबस्थापन समितिमा बिद्यालयमा राजनीति भन्दा बिद्यालयको ब्याबस्थापनमा ध्यान दिने ब्याक्ती आउन पर्नेमा प्रधानध्यापक बिष्ट बताउछन । दिन रात नभनी बिद्यालयमा खट्दै आएका प्रधानध्यापक बिष्टकै कारण त्रियुगा माध्यामिक बिद्यालय साचिकै नमुना बिद्यालय बन्न सफल भएको छ ।
यस्तो नमुना माविको रुपमा चिनिएको र बिद्यालयलाई सरस्वतिको मन्दिर जस्तो बनाउन लागि परेका प्रधानध्यापक बिष्टलाई साथ र सहयोग गर्ने ब्याक्ती ब्याबस्थापन समितिमा आए बिद्यालयले थप सफलता पाउने बिषयमा अभिभावकहरु अनि एक मत रहेको देखिन्छ ।
प्राइभेट बिद्यालय संचालन गर्दै आएका केही ब्याक्तिहरुको समेत संग्लनतामा ब्याबस्थापन समितिमा स्वार्थ समुहका ब्याक्ती हावी हुन सक्ने छन । सरकारी बिद्यालयको ब्याबस्थापनमा छिरेर बिद्यालयलाई तहसनहस पारी विद्यार्थीहरु आफ्नो प्राइभेट बिद्यालयमा लाने योजना सहित केही शैक्षिक माफियाहरु लागेका हुन सक्छन । यस्ता शैक्षिक माफियाहरुको पहिचान गरि अभिभावकहरुले सचेत भएर उचित ब्याक्तिलाई बिद्यालयको ब्याबस्थापनको अधिकार दिन जरुरी छ ।