उदयपुर । उदयपुरको गाइघाटमा प्रभु इन्स्योरेन्सको शाखा बिस्तार भएको छ । त्रियुगा नगरपालिका ११ बैंक लाइनमा नेपालको ५३ औ र जिल्लाको दोस्रो शाखाको रुपमा प्रभु इन्स्योरेन्सको शाखा बिस्तार भएको हो ।
त्रियुगा नगरपालिका उपप्रमुख देवि चौधरीले उद्घाटन गरेको समारोहमा त्रि न पा ११ का वडा अध्यक्ष बिश्वराज भट्टराई, त्रि न पा १० का वडा अध्यक्ष प्रकाश खड्का, कांग्रेसका नेता वसन्त बस्नेत, त्रियुगा उद्योग बाणिज्य सँघका अध्यक्ष रमेश रसाइली लगायतका ब्याक्ती उपस्थित थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका उपप्रमुख देवि चौधरीले विमाको उपयोग हरेक नागरिकको पहिलो सर्त भै सकेकोले आफ्नो जिउ ज्यान र पेशा ब्याबसायको सुरक्षा ग्यारेन्टीको लागि सबैले गर्नु पर्ने उल्लेख गरिन ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका नेता वसन्त बस्नेतले
ब्यापार- ब्याबसाय ( जुन सुकै ब्याबसाय होस) गर्ने, सवारी साधन प्रयोगगर्ने सबैको सुरक्षाको ग्यारेन्टीका गर्दै हाम्रो सेवामा गाइघाट आएको यो इन्स्योरेन्स कम्पनीलाई सफलताको शुभकामना दिए ।
देशको ५३ औं शाखा र जिल्लाको दोस्रो शाखाको रुपमा बिस्तार भएको यस शाखामा शाखा प्रमुख भुवन भट्टराई रहेका छन ।