उदयपुरमा गठबन्धनको हाउगुजी

रुखमा भोट हाल्न नपाए गठबन्धन अस्विकार्य: कांग्रेसी कार्यकर्ता
Logo
खेमराज दाहाल बिहिबार, चैत्र १७, २०७८

उदयपुरमा गठबन्धनको केन्द्रबिन्दु त्रियुगा नगरपालिका, कांग्रेसको नेतृत्वमा गए स्विकार्य नत्र गठबन्धन असफल हुने निश्चित

उदयपुर : दुई तिहाई नजिक पुगेको तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दुई तिहाई सांसद सहितको प्रधानमन्त्री हुने लहडले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भयो । इतिहासकै बलियो सरकार बनेको ओली सरकारको उदण्डता झेल्न नसकेर उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरियो । यादवको पार्टी बाहिरिए पनि ओली सरकारलाई प्रधानमन्त्री बन्न बहुमतको खाँचो थिएन । उनी आफ्नै पार्टीको बहुमतले प्रधानमन्त्रीमा कायम रहे ।

यादव नेतृत्वको पार्टी बाहिरिए पनि ओलीको उदण्डता रोकिएन । उनले संसद विघटन गरे जुन असंवैधानिक थियो । नेकपा एमाले माओबादी सहितका नेताले ओलीको उक्त संसद विघटन लाई साथ दिएनन । अदालतले ओलीको संसद विघटनलाई बदर गरिदियो । संसद बिउतियो कांग्रेस, माओवादी, एमालेबाट फुटेर गएको एकीकृत समाजबादी र मधेशबादीदलको समर्थनमा शेर बहादुर देउवा प्रधानमन्त्री बने ।

आफुलाई पाँचौं पटक प्रधानमन्त्री बनाएको गुन तिर्न तिनै माओवादी र एसलाई निर्वाचनमा जिताउन पर्ने अडानमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा छन । पाँचौं पटक प्रधानमन्त्री देउवा बने तर सजाय चाहिँ बर्षौं मेहनत गरेर स्थानीय तहमा आफ्नो पार्टीको सरकार बनाउन लागि परेका कार्यकर्ताले भोग्नु पर्ने देखिन्छ ।

उदयपुरमा पनि देउवाको गठबन्धन अडानले कार्यकर्तालाई निराश बनाएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा देउवाको गठबन्धन अडानले असर पार्ने कुराले राजनीतिक वृतचित्रमा स्थान पाएको छ । नेकपा एकीकृत समाजबादिका प्रदेश १ अध्यक्ष वलदेव चौधरी हालका त्रियुगा नगरपालिका मेयर छन । उनी तत्कालिन नेकपा एमालेबाट कांग्रेसका वसन्त बस्नेतलाई थोरै मतान्तरले पराजित गर्दै मेयरमा बिजयी भएका हुन ।

यदि गठबन्धन बने नेकपा एसका अध्यक्ष माधव नेपालका बिश्वास पात्र वलदेव चौधरीले पुनः टिकट पाउने सम्भावना रहेका कारण कांग्रेस कार्यकर्तामा निराशा छाएको छ । तर जसरी आम मानिसले गठबन्धनको चर्चा उदयपुरमा गरेका छन तर त्यस्तो सम्भावना भने कम देखिन्छ ।

उदयपुरको त्रियुगामा गठबन्धन नहुने प्रमुख कारण

कांग्रेस एक्लै अन्य पार्टीको तुलनामा बलियो : उदयपुरको त्रियुगा नगरपालिकामा अन्य पार्टीको तुलनामा कांग्रेस बलियो देखिएको छ । यस अगाडिका निर्वाचन परिणामलाई हेरेर विश्लेषण गर्दा नेपाली कांग्रेस अन्य पार्टी भन्दा बलियो देखिएको हो । स्थानीय निर्वाचन २०७४ लाई हेर्दा नेकपा एमाले र कांग्रेस बिच प्रतिस्पर्धा हुदा एमालेले थोरै मतले जितेको थियो ।

२०७४ मा एमालेबाट बिजयी बनेका वलदेव चौधरी फुटेर नेकपा एसमा गएका छन । एमालेबाट फुटेर वलदेव चौधरी जाँदा स्वाभाविक रुपमा उनले एमालेको धेरै मत लिएर गएका छन । मेयर चौधरीले २०७४ मा पाएको आधा मत हाल फुटेर जाँदा पनि उनि सँग सुरक्षित छ । कांग्रेसका उम्मेद्वारले पाएको मत जस्ताको तस्तै सुरक्षित छ तर तत्कालीन एमालेले पाएको आधा मत चौधरीले लैजादा स्वभाविक रुपमा कांग्रेस एक्लै बलियो छ ।

आफ्नो ५ बर्षे कार्यकालमा मेयर चौधरीले कांग्रेसलाई गरेको उपेक्षा : नेकपा एमाले बाट बिजयी बनेर त्रियुगा नगरपालिकाको मेयर बनेका वलदेव चौधरीले आफ्नो कार्यकाल भरी नेपाली कांग्रेसलाई उपेक्षा गरे । उनले उनी भन्दा ७३ भोटमात्र कम ल्याएर पराजित बनेका कांग्रेस उम्मेद्वारलाई आएको जनमतलाई कहिल्यै कदर गरेनन । कांग्रेस भन्दा कम मत ल्याएका माओवादीलाई सँगै लिएर हिडे तर कांग्रेसलाई सधै आफ्नो प्रतिस्पर्धी सम्झिएर सत्रुतापूर्ण ब्याबहार गरे ।

कांग्रेसबाट उपमेयर सहित ८ वडा अध्यक्ष जितेको कांग्रेसलाई सधै अल्पमतमा पारेर मनोमानी गरे । संविधान र ऐनले ब्याबस्था गरेको उपमेयरको काम कर्तव्य र अधिकार समेत कटौती गरेर वलदेव चौधरीले एक्लो हुकुमी शैली अपनायको कुरा स्वयम उपमेयर देवि चौधरीले सार्वजनिक कार्यक्रममा समेत बताउने गरेकी छन ।

गठबन्धन हुँदा पनि वलदेवको चुनाव जित्ने सम्भावना न्यून : आफ्नो ५ बर्षे कार्यकालमा कांग्रेससँग सत्रुतापूर्ण ब्याबहार गरेका मेयर चौधरीसँग कांग्रेसी कार्यकर्ता रुष्ट छन । आफ्नो पार्टीको उम्मेद्वार नभएपछि कांग्रेसी कार्यकर्ता वलदेव चौधरीलाई भोट हाल्नै पर्ने बाध्यतामा हुने छैनन ।

चौधरी समग्र पालिकाको मेयर हुन सकेनन, उनी कुनै जाती र सम्प्रदायको मात्र मेयर बने । आउने निर्वाचनमा गठबन्धन भएर कांग्रेस एकजुट भई उनलाई जिताए पनि उनी जातिय राजनीति बाट बाहिर निस्किन सक्ने अवस्थामा छैनन ।

भर्खरै सम्पन्न त्रियुगा नगरपालिकाले आयोजना गरेको रजत महोत्सवमा वलदेव चौधरीले जिल्लामा रहेका प्रमुख राजनीतिक दलहरुलाई बोलाएनन । नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई मेयर चौधरीले आफुले कार्यक्रम गरेको सम्झिए । थोरै मतान्तरले पराजित कांग्रेसका वसन्त बस्नेतलाई त्यो कार्यक्रममा बोलाइएन । नगरपालिकाले गरेको यत्रो कार्यक्रममा जिल्लामा अस्तित्वमा रहेका सबै राजनीतिक दललाई त्यो कार्यक्रममा उपस्थित गराउन नसक्नु वलदेव चौधरीको असफल राजनीति मानिन्छ ।

उदयपुरमा गठबन्धन गर्नु कांग्रेसको बिधान र निर्णयको खिलाफ हुने : कांग्रेसका एक महामन्त्री गगन थापाले ‘घरघर जाउ कांग्रेस जिताउ’ नारा सहितको अभियान ल्याए । अर्का महामन्त्री बिश्वप्रकाश शर्माले उदयपुर आएर त्यस अभियानको उद्घाटन गरे ।

दुई महामन्त्रीको सिद्धान्त र सुभारम्भको सन्देश लिएर समग्र उदयपुर कांग्रेस जनताका घरघर गएर कांग्रेसलाई जिताउन आग्रह गर्यो । हजारौं टोलटोलमा कांग्रेसलाई जिताउन टोल कमिटी गठन भए । अब गठबन्धन भएमा महामन्त्री द्वयको उद्घाटन र अभियानको खिलाफ हुने छ । घरघर जाउ कांग्रेस जिताउको साटो घरघर जाउ गठबन्धनलाई जिताउ कांग्रेसलाई हराउ भन्नू पर्ने हुन्छ । यो भनेको आफ्नै निर्णय र बिधान बिपरित हो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।