स्थानीय तहको निर्वाचनमा उदयपुरमा एमाले विरुद्ध पाँच दलले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
शुक्रवार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दै निर्वाचनमा जाने निर्णय गरेका हुन् ।
केन्द्रको निर्णयलाई कार्यन्वयन गर्न सरकारमा रहेका ५ दल बिच गठबन्धन गरेको नेपाली कांग्रेसका सभापति हिमाल कार्कीले जानकारी दिए ।
अहिले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कुन पार्टीलाई कुन पालिका लिने दिने भन्ने बिषयमा छलफल नभएको सभापति कार्किले बताए ।
सभापति कार्कीका अनुसार वडा, पालिकाका कमिटिहरुको निर्णय बमोजिम गठबन्धनमा भागबन्डा मिलाएर, कुन पालिकामा कुन पार्टी बलियो त्यसको आधार हेरेर गठबन्धन गरिने छ ।
“अघिल्लो निर्वाचनमा आएको मतपरिणाम, अहिले गठबन्धनमा रहेका दलहरुको पालिका स्तरीय अबस्था हेरेर गठबन्धन हुन्छ ” प्रदेश १ का भौतिक पुर्वाधार बिकाश मन्त्री समेत रहेका सभापति कार्किले भने, ” कहाँ को नेता छ भनेर हुदैन पालिकाको अवस्था हेरेर कहाँ, को र कसरी भनेर वडा र पालिकाहरुको निर्णयलाई हेरेर गठबन्धनको ब्याबस्थापन हुन्छ ।”