उदयपुरमा ट्युसन पढ्न गएकी बालिकाको शव फेला, हत्या भएको आशंका

Logo
मंगलबार, चैत्र २२, २०७८

उदयपुर : उदयपुरको बेलका नगरपालिका ३ जशोधा खोलामा एक बालिकाको शव फेला परेको छ । बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनुवारको जशोधा खोलामा शव फेला परेको हो ।

उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए। घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन।

जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै एकिन गर्न नसकिने बताए। उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन्। घटना स्थल विद्यालयदेखि करिव ७ सय मिटर र घरबाट करिव दुई किलोमिटर पर रहेको एक स्थानीय जानकारी दिए।

मृतक बालिकाको टाउकोमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने उनले बताए। घटना स्थललाई प्रहरी सुरक्षा घेरामा राखेको छ। कुकुरसहितको विशेषज्ञ टोली झिकाइएकाले प्रमाण नष्ट हुन नदिन सुरक्षा घेरामा राखिएको एसपी बोहोराले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।