रामपुर हत्या काण्ड, प्रतिशोधका कारण आफ्नै साथीबाट हत्या

Logo
बुधबार, चैत्र २३, २०७८

उदयपुर । उदयपुरमा मङ्गलबार हत्या भएकी किशोरीलाई आफ्नै साथीबाट हत्या भएको रहस्य बाहिरिएको छ । प्रतिशोधका कारण संगै पढ्ने साथीले हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट रहस्य बाहिरिएको हो ।

बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारलाई संगै पढ्ने साथी बेलका नपा ३ की १७ वर्षिया सरिता ढकाल (खत्री) र उनको दाजु पर्ने काकाको छोरो १९ वर्षिय विनोढ ढकालले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरिक्षक तेजप्रसाद दाहालले जानकारी दिए ।

प्रनि दाहालका अनुसार संगै पढ्ने साथी–साथीबीच प्रतिशोधका कारण सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्ने उनको भनाई छ ।

घटनापछि प्रहरीले संकास्पद देखिएका ढकाल दाजु–वहिनीलाई गाउँमै घरबाट पक्राउ गरेको थियो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ । पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण हत्या भएको कुरा खुलेको प्रहरी स्रोतले जनाएको छ ।

साथी कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, तनाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएको बुझिएको छ । फोनबाट बोलाएर एकान्तमा लगेर कुटपिट गरेको र घटनाले ठूलो रुप लिने डर भएपछि दाजुवहिनीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरु स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतका अनुसार पक्राउ परेकी सरिता र मृतक कविता विद्यालय र गाउँका मिल्ने साथी थिए । मृतक कविता विद्यालयकै अनुशासित, इमान्दार, मेहनती र जेहेन्दार छात्रा थिइन् । विद्यालयले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कडा कारवाहीको माग गरेको छ ।

किशोरी हत्या घटनापछि बेलकाको रामपुर बजार क्षेत्र पुरै शोकमग्न बन्यो । हत्या घटनाले शान्ति सुरक्षामाथि प्रश्न उठाउदै स्थानीयले प्रशासन र प्रहरीविरुद्ध नाजाबाजीसहित रामपुर बजारमा प्रदर्शन गरे । घटनाको सत्यतथ्य पत्ता लगाई अपराधीलाई कार्वाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरे । बिद्यार्थीहरुले बिद्यालय बन्द गराई सडक प्रदर्शन गरे । उनीहरुले आन्दोलनमार्फत सडकमा टायर बालेर छिटो अपराधी पत्ता लगाई सार्बजनिक गर्न र कारवाही गर्न प्रशासनलाई दवाव दिए ।

घटनालगत्तै प्रहरीले कानुनी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए । घटनास्थलको सुरक्षा एवम् अनुसन्धानमा खटिएको प्रहरीले घटनापछि घरमै बसिरहेको अवस्थामा दाजुवहिनी दुबैजनालाई पक्राउ गरेको थियो ।

घटनास्थल र शबको प्रकृत्ति मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानबाट छिटै हत्यारा निर्कौल गर्ने प्रहरी प्रमुख एसपी बोहोराको भनाई छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry