फेद न टुप्पोको गठबन्धन, आफ्नै खुट्टामा बन्चरो नहान्न नेतृत्वलाई कार्यकर्ताको सुझाव

आफ्नो घर डढाएर खरानी ताप्ने काम हो गठबन्धन : कार्यकर्ता
Logo
खेमराज दाहाल शुक्रबार, चैत्र २५, २०७८

उदयपुर । नेपाली कांग्रेस चितवनले भरतपुर नगरपालिकालाई केन्द्रमा राखेर सत्तारुढ दलसँग गठबन्धन गर्यो । जिल्लाको सदरमुकाममा रहेको भरतपुर महानगरपालिका आफ्नो हुनपर्ने अडान सहित गठबन्धन गरेको कांग्रेसको गठबन्धनको बटमलाइननै भरतपुर आफ्नो नेतृत्वमा हुन पर्ने अडानमा छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई यस अघि पनि कांग्रेस माओवादी गठबन्धनले मेयरमा बिजयी गराएको थियो । अब फेरि चितवन कांग्रेस भरतपुर नगरपालिका पुनः माओवादीलाई नेतृत्व दिएर आफू उपमा चुप बस्ने मुडमा छैन । माओवादी अध्यक्ष प्रचण्ड पुत्री भएकै कारण माओवादीलाई नेतृत्व दिए चितवन कांग्रेसले बिद्रोह गर्ने चेतावनी दिएको छ ।

चितवनकै जस्तो समस्या उदयपुरको पाँच दलिय गठबन्धनमा पनि देखिएको छ । जिल्लाको सदरमुकाममा रहेको त्रियुगा नगरपालिका आफ्नो नेतृत्वमा लिएर मात्र गठबन्धन गर्न कांग्रेस नेतृत्वलाई आम कार्यकर्ता दवाव बढेको छ । एक्ला एक्लै निर्वाचन लड्दा पनि त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस अन्य पार्टीको तुलनामा बलियो रहेको छ ।

जिल्लाको सदरमुकाम समेत यसै नगरपालिकामा रहेका कारण जिल्ला भरिका जनतालाई प्रशासनिक काममा सहजताका दिनका लागि पनि यो नगरपालिका महत्वपूर्ण छ । प्रशासनिक काम लिएर आएका जिल्ला भरिका मतदातालाई सदरमुकाममा रहेको स्थानीय सरकारमा आफ्नो पार्टीको नेतृत्वलाई बिजयी बनाएर जनप्रतिनिधि मार्फत उनिहरुको काममा सहजता दिलाउन सके मात्र पनि जिल्ला भर कांग्रेस प्रती जनता आकर्षित हुने छन ।

हाल मात्र आधा दर्जन माननीयहरु रहेको यस नगरमा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्का, प्रदेश १ का भौतिक पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, माननीय तथा केन्द्रीय सदस्य लक्ष्मी परियार, माननीय प्रमिला राई, पूर्व सभापति बिदुर बस्नेत, पुर्व सभापति तथा केन्द्रीय सदस्य नारायण कार्की, पूर्व सभापति अर्जुन खड्का लगायतका शिर्ष नेताहरुको गृह नगर रहेको यस नगरलाई गठबन्धनको नाममा नगरको नेतृत्व अर्को पार्टीलाई सुम्पिनु भनेको आफ्नो घरमा आगो लगाएर खरानी ताप्ने काम बाहेक अरु हुन सक्दैन ।

पार्टीका शिर्ष नेताहरुको गृहनगर समेत रहेको त्रियुगा नगरपालिकाले वर्तमान सभापति हिमाल कार्कीलाई प्रदेश को संसद र प्रदेश १ सरकारको मन्त्री हुने अवसर जुराइ दियो । यस्तै यसै नगरपालिकाको मतले बिजयी भएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का संघीय संसद र नेपाल सरकारको परराष्ट्र मन्त्री भएका छन । जिल्ला भरिकै तुलना गर्दा पनि सबैभन्दा सांगठनिक रुपमा बलियो यस नगरपालिकालाई गठबन्धनको नाममा तितर बितर बनाउने हो भने आउने दिनमा यहाँको चुनावी नतिजा समेत फरक पर्ने सम्भावना प्रवल छ ।

जिल्लाको सदरमुकाम समेत यसै नगरपालिकामा रहेका कारण जिल्ला भरिका जनतालाई प्रशासनिक काममा सहजताका दिनका लागि पनि यो नगरपालिका महत्वपूर्ण छ । प्रशासनिक काम लिएर आएका जिल्ला भरिका मतदातालाई सदरमुकाममा रहेको स्थानीय सरकारमा आफ्नो पार्टीको नेतृत्वलाई बिजयी बनाएर जनप्रतिनिधि मार्फत उनिहरुको काममा सहजता दिलाउन सके मात्र पनि जिल्ला भर कांग्रेस प्रती जनता आकर्षित हुने छन ।

हाल मात्र आधा दर्जन माननीयहरु रहेको यस नगरमा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्का, प्रदेश १ का भौतिक पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, माननीय तथा केन्द्रीय सदस्य लक्ष्मी परियार, माननीय प्रमिला राई, पूर्व सभापति बिदुर बस्नेत, पुर्व सभापति तथा केन्द्रीय सदस्य नारायण कार्की, पूर्व सभापति अर्जुन खड्का लगायतका शिर्ष नेताहरुको गृह नगर रहेको यस नगरलाई गठबन्धनको नाममा नगरको नेतृत्व अर्को पार्टीलाई सुम्पिनु भनेको आफ्नो घरमा आगो लगाएर खरानी ताप्ने काम बाहेक अरु हुन सक्दैन ।

१६ वडा रहेको त्रियुगा नगरपालिकामा कांग्रेसको अधिबेशन ताका दुई समूह देखिए पनि अहिले नगरपालिकाको मेयरका लागि सिफारिस गर्दा देखिएको एकता प्रसंसनिय छ । १६ वटा वडा मध्य ११ वटा वडाले कांग्रेसका सर्वपृय नेता वसन्त बस्नेतलाई मेयरको लागि सिफारिस गरेका छन भने दुइ वडाले अल्फाबेटको आधारमा भनेर वसन्त बस्नेत सहितको नाम सिफारिस गरेका छन । अन्य वडाले पनि वसन्त बस्नेतलाइ मेयरको रुपमा सर्वसम्मत स्विकार गर्दै नाम सिफारिस गरेका छन ।

नगरपालिकाका १६ वटा वडा मात्र नभएर वडा भित्र रहेका सम्पुर्ण टोल कमिटिहरुले पनि नेता बसन्त बस्नेतलाई मेयरको रुपमा पहिलो नम्बरमा सिफारिस गरेका थिए । चैत्र २५ गते नगर कमिटिले समेत त्रियुगा नगरपालिकाको मेयरमा नेता बस्नेतको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।

जिल्ला अधिबेशनले दुई समुहमा देखिएका नेताहरुलाई एकापसमा मिलाएर कांग्रेसलाई एक ढिक्का बनाएर राख्न महत्वपूर्ण भुमिका खेल्दै आएका बसन्त बस्नेतलाई त्रियुगा नगरपालिकाका कांग्रेसी हरुले सार्वधिक रुचाउने नेतामा पर्दछन । कांग्रेसको एकताका लागि पनि त्रियुगा नगरपालिका आफैले राख्न जरुरी छ । एकता नै बिजयको पहिलो कडि हो । कांग्रेस भित्र एकता नहुदा निर्वाचन परिणाम हरेक पटक अर्काको हातमा सुम्पिनु परेको एथार्थता नेतृत्वले पक्कै बुझेको हुन पर्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।