उदयपुर कांग्रेसले गठबन्धन नस्विकार्ने

बैशाख २ गते बृहत् कार्यकर्ता भेला
Logo
बिहिबार, बैशाख ०१, २०७९

उदयपुर । नेपाली कांग्रेस उदयपुरको एक समुहले केन्द्र बाट स्थानीय तहको वास्तविकता नबुझी जवरजस्ती लादिएको गठबन्धन नमान्ने भएको छ ।

स्थानीय नेताहरु सँग कुनै छलफल नै नगरी कोठे बैठक गरेर पार्टी संगठनलाई भन्दा अमुक ब्याक्तिलाई फाइदा पुग्ने गरि गरिएको गठबन्धन स्विकार्य नहुने भन्दै उदयपुरको गाईघाटमा बैशाख २ गते बृहत् कार्यकर्ता भेला हुने भएको छ ।

बैशाख २ गते हुने भेलाले गठबन्धनको बिरोध कसरी गर्ने र नेताबादी गठबन्धनलाई कसरी परास्त गर्ने भन्ने रणनीति बनाउने नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति बसन्त बस्नेतले बताए ।

कम्युनिस्टहरु फुटेर आधा दर्जन भएको बेला तिनै कम्युनिस्टलाई बोकेर हिड्दा नेपाली कांग्रेसको अस्तित्व समेत मेटिने भन्दै गठबन्धन गर्न नहुने कार्यकर्ताहरुले बताउदै आएका छ्न ।

“बर्षौ देखि पार्टी संगठनलाई सक्रिय भएर बचाएर स्थानीय सरकारमा आफ्नो पार्टीको सरकार बनाउने भनेर लागि परियो ।” एक कार्यकर्ताले भने, ” प्रचण्डको परिवारको राजनीति बचाईदिन, माधव नेपालको अभिस्ट पुरा गरिदिन हामिले यस पार्टीमा रगत पसिना बगाएको हैन, हामी हाम्रो पार्टी बचाउन बिपिको पार्टी बचाउन जुन सुकै हद सम्म पनि जान तयार छौ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।