त्रियुगामा गठबन्धनको औचित्य छैन : नेता बस्नेत

गठवन्धनको विरोधमा करिव ५ सय बढी कार्यकर्ताको हस्ताक्षर सहित ध्यानकर्षण पत्र
Logo
शुक्रबार, बैशाख ०२, २०७९

उदयपुर : आसन्न स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै अन्य पार्टीको तुलनामा दर्विलो रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्षण पत्र बुझाएको छ ।

शुक्रबार जिल्ला पार्टी कार्यलयमा ४ सय ५० बढी क्रियाशिल सदस्यको हस्ताक्षर सहित पार्टी जिल्ला पार्टी सभापति हिमाल कार्कीलाई रुखमा मात्र भोट हाल्न पाउनु पर्ने माग सहित पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र पेश गर्दै पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेतले यो नगरमा कांग्रेस एक्लै चुनाब गए जित्न सकिने आधार बताएका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै सभापति हिमाल कार्कीले केन्द्रको निर्णयनुसार गठबन्धनको निर्णय गर्नै पर्ने भएका कारण गठबन्धनको निर्णय भएको भए पनि काङ्ग्रेसलाई फाइदा हुने गरिमात्र तालमेल हुने भन्दै कार्यक्रतालाई आश्वस्त पारेका थिए ।

यस्तै पूर्व सभापति विदुर बस्नेतले केन्द्रले स्थानीय तहको आबस्यकता देखिए मात्र गठबन्धन गरिने भनेकोले त्रियुगा नगरपालिकाका कुनै पनि वडाले गठबन्धन गर्न नहुने बताएका कारण यहाँ गठबन्धनको औचित्य नभएको बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]