कांग्रेस भित्र नदेखिएको पाटो

गठबन्धन असफल हुने अर्को कडि उपमेयर
Logo
खेमराज दाहाल शनिबार, बैशाख ०३, २०७९

उदयपुर  : त्रियुगा नगरपालिकाको मेयरका लागि धेरै चर्चा भए  । सामाजिक सञ्जालमा अत्याधिक बहस हरु भए । तर उपमेयरको बिषयमा हाल सम्म खासै चर्चा छैन । गठबन्धनको चपेटामा रुमलिएको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी देवि चौधरी उपमेयर छ्न ।

यस पटक कांग्रेस बाट उपमेयरमा ४ जनाले आकांक्षा देखाएका छन । सरिता राई, तारा राई, शर्मिला थापा (शबु) र कलावती चौधरी उपमेयरका लागि सिफारिस भएका छन । संबिधान र कानुनी ब्याबस्था अनुसार पालिका प्रमुख र उपप्रमुख मध्य एक मा कुनै राजनीतिक दलले माहिला उम्मेद्वार बनाउनै पर्ने बाध्यता भए पनि गठबन्धनको चरम चपेटामा परेको त्रियुगा नगरपालिकामा भने फरक दृश्य देख्न पाइने संकेत पाइएको छ ।

त्रियुगा नगरपालिकामा गठबन्धन भए नगरको नेतृत्व कांग्रेसले पाउने वा एकीकृत समाजवादिले पाउने भन्ने बिषय अहिले बहसको बिषय बनेको छ । यसै अनुरुप गठबन्धनबाट त्रियुगा नगरपालिकाको मेयर कांग्रेसले लिए उपमेयर गठबन्धनका अन्य पार्टीलाई दिन पर्ने हुन सक्ने छ । यदि त्रियुगा नगरपालिकाको मेयर समाजबादीले पायो भने उपमेयर कांग्रेस अथवा अन्य दलले पाउने छन ।

त्रियुगा नगरपालिकामा गठबन्धनबाट मेयरमा समाजवादिले पाए उपमेयर कांग्रेसले राखेर उपमेयर महिला छाडेर पुरुष हुने राजनीतिक कोर्ष शुरु भएको राजनीतिक जानकारहरु बताउछन । एकै दलबाट प्रमुख र उपप्रमुख हुदा मात्र अनिबार्य एकमा महिला हुन पर्ने बाध्यताबाट गठबन्धन दल पन्छिने छन ।

पाए मेयर नपाए जसरी पनि उपमेयर भएरै छाड्ने दाउ

त्रियुगा नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट बसन्त बस्नेत, प्रकाश खड्का, देवी चौधरी र सरोज बस्नेतको नाम सिफारिस भयो । उपमेयरमा सरिता राई, तारा राई, शर्मिला थापा र कलावती चौधरीको नाम सिफारिस भयो ।

त्रियुगा नगरपालिकामा गठबन्धन भएर कांग्रेसले प्रमुख नपाए प्रमुखका लागि सिफारिस भएका प्रकाश खड्का र सरोज बस्नेतले उपमेयरका लागि लबिङ्ग गर्दै गरेको राजनीतिक बृतमा कुरा हुने गरेको छ । हालका त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष प्रकाश खड्का गठबन्धनबाट मेयर नभए उपमेयर जसरी पनि लिने दाउमा रहेको केही राजनितीज्ञहरु बताउछन ।

यता क्षेत्र नं १ (क) का प्रदेश सभापति सरोज बस्नेत पनि गठबन्धन भएर प्रमुख नपाए उपप्रमुखको लागि तयारी गर्दै गरेको चर्चा बाहिर आएको छ । आफ्नै निकटका प्रदेश सभापति रहेका बेला सकेसम्म मेयर नसके उपमेयर भए पनि आफुले पाउनु पर्ने दावी उनको हुन सक्छ ।

नदेखिएको पाटो
गठबन्धनका कारण कांग्रेसले नेतृत्व नपाएको खण्डमा उपमेयरमा नाम सिफारिस भएका महिलाहरु समेत पछि पर्ने सम्भावना बढेर गएको चर्चा शुरु भएको छ । पहिलो त गठबन्धन नै गर्न नहुनेको मत त्रियुगा नगरपालिकामा बढी छ । गठबन्धन गर्दा उपमेयरमा महिला आउने सम्भावना न्यून हुँदै गएको छ ।

गठबन्धन गर्न नहुने मतसहित शुक्रवार बैशाख २ गते नेता बसन्त बस्नेत सहित ४ सय पचास बढी कार्यकर्ता जिल्ला पार्टी कार्यलय पुगे । जसमा महिलाको संख्या पनि उल्लेख्य थियो । गठबन्धन गर्दा जुन सुकै अवस्थामा पनि महिला उपमेयरमा आउन नपाउने भए पछि महिला समूह आक्रोशित हुन थालेका छन ।

पहिलो त गठबन्धनले चिडिएका कांग्रेसी कार्यकर्ता त्यसमा थप महिलाहरु पुर्ण रुपमा गठबन्धनका कारण पछि पर्न पर्दा गठवन्धन असफल हुने निश्चित देखिएको छ। सकेसम्म मेयरमा दावी गरेका पुरुष नेताहरुनै महिलाहरूले आकांक्षा राखेको उपमेयरको पद ओगट्न दौडधुप गरे पछि माहिलाहरुले नेतृत्वको निर्णयमा नोट अफ डिसेन्ट लेख्ने छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।