उदयपुरमा पाँच दलिय तालमेलको सम्भावना न्यून बन्दै

Logo
आइतबार, बैशाख ०४, २०७९

उदयपुर — आसन्न स्थानीय तह निर्वाचनका लागि उदयपुरमा पाँच दलीय सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति नजुट्दा तालमेल नहुने सम्भावना बढेको छ ।आइतबार गाईघाटको कोहोवर होटेलमा बसेको गठबन्धन बैठकले सिट बाँडफाँटमा कुरा मिलाउन नसक्दा उदयपुरमा तालमेल नहुने सम्भावना बढेको हो ।

उदयपुरमा रहेका ८ स्थानीय तहमा गठबन्धनका दलले आ-आफ्नो अडान नछोडेका कारण सहमती जुट्न नसकेको नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीले बताए ।

गठबन्धन गर्ने निर्णय गर्दा अधिकतम लचकता अपनाउने भनिए पनि दलका प्रतिनिधिले आफ्नो अडान नछाडेका कारण सहमती नजुट्दा तालमेलको बिषयमा अन्तिम टुङ्गो लगाउन प्रदेश संयन्त्रलाई पठाइको सभापति कार्कीले बताए ।

सभापति कार्कीका अनुसार प्रदेशमा पनि दलका प्रतिनिधिले आ-आफ्नो अडान नछाडे गठबन्धनका दलहरु बिच पनि मित्रवत प्रतिस्पर्धा हुने छ ।

“सबै दलका प्रतिनिधिले आफ्नो अडान छाडेनन” सभापति कार्किले भने, “कांग्रेस गठबन्धन दलका घटक मध्य प्रमुख भएका कारण तालमेल गर्ने नगर्ने भन्ने बिषयलाई अनिर्णयको बन्दी बनाउन भन्दा दलीय गठबन्धनको निर्णय प्रदेश संयन्त्रलाई जिम्मा दिने निर्णय भयो ।”

उदयपुर कांग्रेसमा गठबन्धन नगरी जानू पर्ने कार्यकर्ताको दवाव छ । कांग्रेसका कार्यकताले जिल्लाको नेतृत्व नछाड्न नेतृत्वलाई ध्यानकार्षण पत्र समेत बुझाएको पूर्वक्षेत्रीय सभापति बसन्त बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]