उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Logo
बिहिबार, बैशाख ०८, २०७९

उदयपुर । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएत सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो  ।

जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको छ ।

मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । त्रियुगा नगरपालिकाको निर्वाचनमा समेत यसै कार्यालयले गराउने छ ।

कार्यालय स्थापना भएसंगै बिहीबारबाट औपचारिकरुपमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्बन्धित कार्यालयबाट सुरु गरिएको  जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ ।

जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय  वैशाख ९ गते भित्र स्थापना गरिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।