त्रियुगामा कांग्रेस नेता बसन्त बस्नेतको उम्मेद्वारी दर्ता

Logo
सोमबार, बैशाख १२, २०७९

सोमवार – बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदका लागी नेपाली कांग्रेस बाट बसन्त बस्नेतले उमद्बारी दर्ता गरेका छन् ।

बस्नेतले सोमवार बिहान १०:३०  मुख्य निर्बाचनको कार्यालय बोक्से पुगेर उपमेयर सहित पूरा टिमको उम्मेद्बारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस बाट त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राईले उम्मेद्वारी दर्ता गराएका हुन ।

नारा जुलुश सहित हजारौं कार्यकर्ता सहित आफ्नो टिमका १६ वटै वडाका अध्यक्ष सहित सम्पुर्ण सदस्य उपस्थित भै मनोनयन गरेका छन ।

कांग्रेसले निकालेको जुलुसको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मी परियार, जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्री हिमाल कार्की लगायतका नेताले गरेका थिए ।

नेपाली काङ्ग्रेसले वडा नं १ मा मनोज चौधरी २ मा टीकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल , ४ मा बद्री बस्नेत, ५ मा उद्दब थापा ६ मा कृष्ण बुढाथोकी , ७ मा गम्भीर दनुवार, ८ मा राज कुमार राउत,९ मा राज कुमार दनुवार १० मा प्रकाश् खड्का ११ मा सुमन्त कोइराला , १२ चुडा काफ्ले,१३ नविन चौधरी १४ मा गिता मगर,१५ नीर कुमार मगर र १६ मा राम बहादुर मगरले वडाध्यक्षमा मनोनयन दर्ता गरेका छन्।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।