आफ्नो पाउने सुबिधा गरिव असाहाय विद्यार्थीको लागि खर्च गर्ने वडा अध्यक्षका उम्मेद्वार चुडाराज काफ्लेको घोषणा

Logo
मंगलबार, बैशाख १३, २०७९

उदयपुर । बिश्वभर कोरोना माहामारिले आतंक फैलाई रहेको थियो । नेपालमा पनि कोरोना संक्रमणको भयावह उस्तै थियो । त्यहिबेला उदयपुरको भुल्केमा एकै पटक १४ जनामा कोरोना संक्रमण भएको पाइयो । भुल्के सँग सिमाना जोडिएको हाम्रो यस वडालाई पनि खतरायुक्त वडामा राखेर कोरोना संक्रमणलाई फैलिन नदिन प्रशासनले कडाई गर्यो ।

भारतबाट आएका मुस्लिम समुदायका १४ जनामा कोरोना संक्रमण देखिए पछि मुस्लिम समुदाय रहेको १२ नं का अन्य त्यस समुदायका बाक्तिमा पनि कोरोना संक्रमण हुने सम्भावानाका कारण यस वडामा कोरोना नियन्त्रण गर्नका निमित्त भएको लकडाउनलाई अत्यन्तै कडा गरियो ।

दैनिक ज्याला मजदुरी गरि खाने, गरिव असाहाय, धेरै रहेको हाम्रो वडामा कोरोना संक्रमणको माहामारी त छ्दै थियो महिनौ सम्म भएको लकडाउनले भोकमरीको अर्को समस्या सिर्जना भयो । मानिस कोरोनाले भन्दा भोकमरीले पिडित भए ।

लकडाउन उलंघन गरेर पनि बाहिर गएर कहिँ काम गर्ने अवस्था थिएन । मुस्लिम समुदायलाई त त्यो बेला नजिक पर्न समेत दिइन्दैन थियो । भोकमरीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएपछी चुडा काफ्ले ती पिडित परिवारको राहतमा जुटे । त्रियुगाको मेयरमा उठेका वसन्त बस्नेत, माननीय डा. नारायण खड्का र चुडा काफ्लेको पहलमा राहत ल्याएर पिडित परिवारहरुको भोकमा र पिडामा साथ दिए ।

त्यो काहाली लाग्दो दिन सम्झदै वडा अध्यक्षका उम्मेद्वार काफ्ले भन्छन “दिनभर राहत बाँडेर बेलुका घर फर्किन्थे, बेलुका घर फर्किदा छरछिमेकले समेत मलाई कोरोना संक्रमण लिएर आयो भनेर मेरो नजिक पर्न मान्दैन थिए । घरमा स-साना नानी बाबुहरु भएका कारण घरको टोकेसो त कति सहे सहे तर पनि हाम्रो अभियानमा पछि हटिन । जनताका घर घर पुगेर राहत बाँडे ।”

काफ्ले थप्दै भन्छन, ” मैले यहाँको वडा अध्यक्ष भएर शासन गर्न हैन जनताको माझ जान उहाँहरुको सेवा गर्न उम्मेद्वारी दिएको हु, मलाई कमाउन पनि छैन, म वडामा बिजयी भएर गएमा म वडाबाट पाउने सेवा सुबिधा एक रुपैया लिदिन पनि र त्यो सेवा सुबिधा यहाँ पढ्ने जेहेन्दार गरिव असाहाय विद्यार्थीको लागि खर्च गर्छु ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।