उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखका लागि १३ जनाको उम्मेद्वारी दर्ता

Logo
मंगलबार, बैशाख १३, २०७९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मेयर पदको लागि १३ जनाले उम्मेद्वारी दिएका छन । विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र उम्मेद्वार गरि १३ जनाले बैशाख ११ र १२ गते भित्र उम्मेद्वारी दर्ता गराएका हुन ।

राजनीतिक पार्टीका तर्फबाट १० जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् भने अन्य ३ जनाले स्वतन्त्र उम्मेद्बारी दिएको मुख्य निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

पार्टीका तर्फबाट नेपाली कांग्रेसबाट वसन्त कुमार बस्नेतले उम्मेद्बारी दिएका छन् भने नेकपा एमाले बाट भागवत राउत, नेकपा एसबाट वलदेव चौधरी, राप्रपाबाट हरिबहादुर राउत, लोसपाबाट दयाराम चौधरी, मौलिक जरोकीलो पार्टीबाट गुरुदेव कार्की, जसपाबाट मञ्जु राई, सचेत नेपाली पार्टीबाट योगराज कार्की, राप्रपा नेपालबाट  रामकुमार कटुवाल र जनता प्रगतिशिल पार्टीबाट शेख इसराइलले उम्मेद्बारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले बताए ।

यस्तै स्वतन्त्रमा चित्र कुमार कार्की, अम्बिका कुमारी रेग्मी र नारायण कुमार खड्काले उम्मेद्बारी दिएको अधिकारी भट्टराईले जानकारी दिए ।

यस्तै उपप्रमुखमा भने ११ जनाको उम्मेद्वारी परेको अधिकारी भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]