जनता, मेयर र वसन्त

Logo
खेमराज दाहाल बुधबार, बैशाख १४, २०७९

हार्दिकता र मिजासिलो मानिसलाई झट्ट हेर्दा हरेक मान्छे एक पटक भन्छ आहा यो मानिसत बतिसै लक्षणले युक्त रहेछ । भनिने बतिस लक्षणमा के के पर्छन त्यो सबै जानकारी मलाई पनि छैन तर जुन मानिसमा अठोट, आत्मबिश्वास, हार्दिकता, मिजास, हसिलो, सदैव खुसी, उत्तरदायी, जवाफदेही, निडर र निर्णायक हुन्छन ती ब्याक्तीहरु सदैव हरेकका पृय हुन्छन ।

त्रियुगा नगरपालिकाको मेयरमा सिफारिस भए पछि जनता संगको एक भेटघाट कार्यक्रममा मेयरका उम्मेद्वार वसन्त बस्नेतले आफ्नो उम्मेद्वारीलाई लिएर जनताका माझ अपिल गरे । “म एक मेयरको उम्मेद्वारको रुपमा उभिएको एक पात्र मात्र हु, निर्वाचनमा जादा हार जित हुन्छ त्यो स्वाभाविक हो । तर म पात्रलाई हैन तपाईं आफुलाई हेर्नुहोस । मेयरको पात्र हार्यो वा जित्यो भने तपाईको जित हुन्छ हुदैन ? तपाईहरुको जित मुख्य कुरा हो तपाईहरुले जित्नै पर्छ र जित हुन पर्दछ ।” बसन्तको यो हार्दिकता जनता प्रतिको आत्मबिश्वास र समर्पणले उपस्थित सबैलाई एक पटक निशब्द बनायो ।

आज हामी त्रियुगा नगरबासी ५ वर्षका लागि हाम्रो नगरको भाग्य र भविस्य बनाउने हाम्रो शाषक चुन्ने क्षणको नजिक छौ । हामी नगरबासी भएको नाताले नगरको भाग्य र भविस्य सँग हाम्रो पनि भविस्य जोडिएको हुन्छ । हाम्रो नगरको शाषक मिजासिलो जनताको शाषक हैन जनता प्रती समर्पित होस भन्ने चाहान्छौ । नेपालको संबिधान अनुसार स्थानीय जनप्रतिनिधि हरु भनेका त्यहाँका सरकार हुन । ऐन कानुन बनाउने देखि नगरको मार्गचित्र कोर्ने बिधाता पनि हुन ।

हाम्रो आजको एक निर्णयले नगरको मार्गचित्र कस्तो बनाउने भन्ने बिषयको छिनोफानो गर्दछ । जनता प्रती समर्पित, जनताप्रती हार्दिक ब्याक्तीलाई हामिले नगरको तालाचावी दिन आबश्यक छ । जस्ले आफ्नो जितलाई जनताको जित मान्दछ, जस्ले आफ्नो सफलतालाई जनताको सफलता सम्झिन्छ त्यो ब्याक्ती कहिलै स्वार्थी र आत्मकेन्दृत हुदैन । त्यो ब्याक्ती भ्रष्टचारी हुदैन । आज हामिले आम मतदाताले चाहेको पनि यहीँ हो ।

एक भ्रष्ट मानिसले हजारौं सच्चा र इमान्दार मानिसलाई बिगार्दछ । त्यसैले इमान्दार जनताप्रती उत्तरदायी, जनताप्रति हार्दिकहुने, नरम ब्याक्तीनै आजको हाम्रो त्रियुगा नगरको मेयर हुन पर्दछ । नेपालको संबिधानले तपाईको मतलाई गोप्य मतदानको ब्याबस्था गरेको छ । तपाइले आफ्नो मतको भरपुर प्रयोग गरेर जनताको मेयर हाम्रो मेयर हामी सबैको मेयर बनाउनु हुनेछ भन्ने यो पंतिकारमा बिश्वास छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।