त्रिनपा ११ मा सुमन्त नै किन ?

Logo
खेमराज दाहाल बुधबार, बैशाख १४, २०७९

बैषाख १२ गतेको घामले धेरैको पसिना चुवाएको थियो । तर सबैको उत्साह यति माथी थियो कि के घाम के थकान सबैले भुलेका थिए । १२ बजेको घाममा हजारौंको भिड सहित मोटो मान्छे आसन्न स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाको वडा नं ११को अध्यक्ष हुन मनोनयन दर्ता गराउन जाँदै थिए । र्याली सहितको भिडमा गर्मीले पसिनाले लफ्रक्कै भिजेको कुर्ता तर चम्किलो अनुहार, केही गर्छु भन्ने जोश जाँगर उत्साह प्रष्ट देखिन्थ्यो सुमन्त कोइरालाको आँखा र अनुहारमा ।

आफ्नो मनोनयन दर्ता गराएर आएर उनले सामाजिक सञ्जालमा लेखे “नबोल्नेलाई हेर्नू भयो अब बोल्नेलाई है ।” एक निर्णायक मान्छे सधै बोल्नै पर्छ । त्रिनपा ११ भनेको यस्तो वडा हो जुन यस नगरको मिनि नगर भन्दा पनि हुन्छ । यो वडाले पूरा नगरको प्रतिनिधित्व गर्नु पर्दछ । हो त्यसैले अब सुमन्तले बोल्नु पर्दछ ।

जुन मान्छे आफ्ना कुरा नलुकाई प्रष्ट सँग बोल्छ राख्न सक्दछ त्यो मान्छेको मनमा पाप, स्वार्थ र कुण्ठा हुदैन । त्रिनपा ११ को वडा अध्यक्ष भनेको पूर नगरको प्रतिनिधित्व गर्ने क्षमता भएको ब्याक्ती हुन पर्दछ । जस्ले छिटो बोलेर निर्णय दिन सक्नु पर्दछ । एक काममा अल्झाएर वडा र नगरलाई अड्काउने भन्दा पनि कसैका लागि प्रिय र अप्रिय लाग्न सक्छ तर छिटो बोलेर न्याय सम्पादन गर्न सक्नु पर्दछ त्यसैले सुमन्त कोइराला बोल्नु पर्दछ ।

सुमन्तले मनोनयन पत्र दर्ता गरेक दिन ऐतिहासिक दिन थियो । बैशाख १२ गते नेपाल र नेपालीले पीडा भोग्नु परेको दिन थियो । २०७२ साल बैशाख १२ गतेको माहाभुकम्पले नेपालीलाई दिएको पीडाले आज सोही दिन मनोनयन गरेक सुमन्तले त्यो पीडा अब पुछ्न पखाल्न पनि बोल्नु पर्दछ । माओवादीको दशबर्षे जनयुद्धबाट पिडित भएर पाहाडबाट तराई झरेका आम नागरिकको आवाज सुमन्तले बोल्नु पर्दछ ।

त्रियुगा नगरपालिकाको केन्द्र जिल्लाको सदरमुकाम रहेको वडाको मुहार नै समग्र जिल्लाको प्रतिनिधि मुहार हो । यहाँको बिकाशे मोडल नै समग्र जिल्लाको मोडल हो । तर बितेका ५ बर्षमा ११ नं वडाले बिकाशमा खासै बोल्न सकेन अब सुमन्त आएर बिकाशमा बोल्न सक्नु पर्दछ । नगरको मात्र हैन जिल्लाकै प्रतिनिधि भएर बिकाशमा बोल्नु पर्दछ । (नोट: बोल्नु भन्ने शब्द हल्ला गर्नु हैन काम गर्नु भन्ने हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।