सामुहिक राजीनामा दिएका कार्यकर्तालाई आ-आफ्नै जिम्मेवारीमा फर्किन कांग्रेस उदयपुरको आग्रह

Logo
बुधबार, बैशाख १४, २०७९

नेपाली कांग्रेस उदयपुरले आसन्न निर्वाचनमा पार्टीको टिकटलाई लिएर असन्तुष्टि जनाउँदै पार्टी जिम्मेवारी बाट बाहिरिने कार्यकर्तालाई सचेत गराउदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले ध्यानकर्षण पत्र लेख्दै गठबन्धन र पार्टीको टिकट वितरणलाई लिएर निर्वाचनको मुखैमा पार्टी जिम्मेवारीबाट बाहिर जाने निर्णय गरेका र पार्टीको निर्णय बिपरित बागी उम्मेद्वारी दिएकाहरुलाई सचेत गराउदै बाहिर जाने कार्यकर्तालाई आ-आफ्नै जिम्मेवारीमा फर्कन र बागी उम्मेद्वारलाई आफ्नो मनोनयन फिर्ता लिन निर्देशन दिएको हो।

केन्द्रको निर्देशन अनुसार उदयपुरको बेलका नगरपालिकामा कांग्रेसले नेकपा माओवादी र नेकपा एस सँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । चुनावी तालमेल पछि कांग्रेसले मेयर र माओवादीले उपमेयर पाएको छ ।

गठबन्धन र आफ्नै पार्टीका मानिसले पाएको टिकटको बिषयमा असन्तुष्टि राख्दै हालै बेलकामा १५ जना बढि कार्यकर्ताताले सामुहिक राजिनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।