नेपाली कांग्रेस त्रि.न.पा. १२ले सार्वजनिक गर्यो घोषणापत्र, महिला सशक्तीकरण, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता

Logo
बिहिबार, बैशाख १५, २०७९

उदयपुर । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं १२ ले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । आज वडा कमिटिको कार्यलयमा वडाका प्रतिनिधि र उम्मेद्वार लगाएत अग्रज कांग्रेसका कार्यकर्ता बसेर घोषणा पत्र सार्वजनिक गरिएको हो ।

कांग्रेस वडा कार्यसमितिले तयार गरेको घोषणा पत्रमा आम नागरिकका जनजिविका र युवा माहिला शसक्तिकरणलाई बिशेष ध्यान दिइएको छ । कृषीमा अनुदान र सस्तो ब्याजमा रिन दिने समेत घोषणा पत्रमा समेटिएको छ ।

स्वास्थ्य र शिक्षालाई महत्व दिएको घोषणा पत्रले समग्र वडाबासीहरुको स्वास्थ्य बिमा आफैले गरिदिने प्रतिबद्धता जाहेर गरेको छ । १० कक्षा सम्मको शिक्षालाई निशुल्क बनाउने र गरिव जेहन्दार विद्यार्थीको लागि छात्रबृतिको ब्याबस्था गरेको जनाएको छ ।

सामाजिक सुरक्षा भत्तालाई वडामा रहेका कर्मचारी र जनप्रतिनिधि मार्फत घरघरमा पुर्याउने उल्लेखको कांग्रेस त्रि.न.पा १२ले महिला पुरुष बराबर भनेर “महिला र पुरुष सँगसँगै” भन्ने नारा अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।