एमालेका उम्मेद्वार भागवत राउतले वसन्त बस्नेतको उम्मेद्वारी खारेजका लागि दिएको निवेदन खारेज

Logo
मंगलबार, बैशाख २०, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाका एमालेका मेयरका उम्मेदवार भागवत राउतले नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार वसन्त कुमार बस्नेतको उम्मेद्वारी खारेजको माग राख्दै दिएको उजुरी खारेज भएको छ ।

मेयरका उम्मेद्वार राउतले दावी गरेको जस्तो मेयरका उम्मेद्वार बस्नेतको अयोग्य हुने अवस्था नदेखिएको हुदा उजुरी खारेज भएको हो ।

मुख्य निर्वाचन कार्यालय उदयपुरले एक सुचना जारी गर्दै नेकपा एमालेका मेयरका उम्मेद्वार राउतले माग दावी गरेको कुरा निर्वाचन सम्बन्धी कानुनमा नरहेको हुदा उनले दिएको निबेदन खारेज भएको जनाएको छ ।

निबेदन खारेज भए सँगै आफ्नो ब्याबसायलाई पुर्णबिराम लगाई पुर्ण रुपमा बिशुद्ध राजनिती र सामाजिक क्षेत्रमा लागेका उम्मेद्वार बस्नेतलाई निरुत्साहित बनाउन गरिएको यो प्रपन्चले बिपक्षिलाई नांगो पारेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]