बिश्वभर तहस नहस बनाएर नेपाल छिरेको कोरोना संक्रमणले १० हजार बढिको ज्यान लियो । कोरोना कहरले देश अन्धकारमा धेकेलिदा कोरोना संक्रमणले मात्र हैन भोकमरिले समेत कतिको ज्यान लियो । कोरोना संक्रमणको त्रासले सबै पेसा ब्याबसाय ठप्प भए । मानिसहरु बाहिर निस्किन डराए । त्यसै बेला उदयपुरको भुल्केमा एकै पटक १३ जनामा कोरोना संक्रमण देखियो । जुन तत्कालिन समयमा नेपालमा एकै पटक एकै स्थानमा यतिको संक्रमित पाएको पहिलो पटक थियो ।
एकै पटक यति कोरोना संक्रमित पाइएपछी पूरा मुलुकको ध्यान उदयपुर तर्फ सोझियो । यहाँ कोरोना नियन्त्रणका निमित्त लकडाउन, कर्फ्यु लगाएत सबै लगाइयो । हाम्रो त्रियुगा नगरिमा “हुने खाने र हुँदा खाने” दुई बर्गका नागरिक बस्छन । लकडाउनमा बाहिर निस्किनेलाई प्रहरिले पक्रेर दिन भर ठिङ्ग्राए पनि । महिनौ सम्म यसरी लकडाउन कर्फ्यु भए पछि हुने खानेहरु त आनन्दले बसे हुँदा खानेहरुको घरमा चुल्हो बल्न छाड्यो ।
घरमा चुल्हो बल्न छाडे पछि बाहिर निस्किएका सर्वसाधारणहरुलाई प्रहरी डण्डा हानेर दिन भर चौरमा ठिग्राउथ्यो । हुने खानेहरु आफ्नो घरबाट बाहिर निस्किएनन । म संचारकार्मी भएका कारण बाहिर निस्कन्थे । घर आउन घरमा रोक लाग्थ्यो । टोलमा बाहिर धेरै निस्कियो भनेर बहिस्कार गर्ने सम्मका कुरा आए । मेरो घरको सबैकुरा लेना देना छिमेकीले बन्द गरे ।
यसरी त्रियुगा नगर कोरोना माहामारीले ठप्प हुदा अहिले त्रियुगा नगरको मेयरका उम्मेद्वार वसन्त बस्नेत भने गरिव, दैनिक ज्याला मजदुरी गरि खाने हरुकालागी घरबाट र ती निमुखाहरुका घर घर पुगेर राहत बितरण गर्दथे । अहिले वसन्त संगै मेयरका प्रत्यासी बनेकाहरु त्यो महामारीमा कहाँ थिए त्यो कुरा नगरबासीलाई थाहा छैन । आज तिनै वसन्त बस्नेतले बिजुलीको बिल तिरेको छ छैन, उस्ले चड्ने सवारी साधनको राजस्व तिरेको छ छैन भनेर खोज्दै छन । कोराना महामारीमा भोकमरीले हातमुख जोड्न नसकेका परिवारमा गएर राहत बितरण गर्ने बसन्तले राजस्व नतिरेको भए राज्यले उनिसँग जरिवाना सहित असुल उपर गर्छ । तर हरिलठ्ठक भएर सुझो न बुझो राजस्वको बिषय उठाएर अतिरञ्जित गर्नेहरुले जनताको सेवा गर्छन कि ती जनता माथी शासन गर्छन त्यो त्रियुगा बासिले बुझ्ने छन ।
आफ्नो ५ बर्षे कार्यकालमा एक दर्जन बैदेशिक यात्रा तय गरेका वलदेव चौधरी यस नगरका १६ वटै वडामा हरेक वडामा जति बिदेश यात्रा गरे त्यति पटक वडामा पुगेका छैनन । त्यस्तो जनप्रतिनिधिबाट जनताले के अपेक्षा गरेर फेरि दोहोर्याउने ? आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिकामा अपारदर्शी काम गरेर करोडौंको चलखेल गरेर अहिले आफ्नो शक्ति प्रदर्शन गरिरहेका निबर्तमान मेयर चौधरीले जनता सामु झुटा आश्वासन र गर्दै नगरेका काम वा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पूरा गरेका योजना देखाएर भोट भजाउने गरेका छन ।
यो पंक्तिकार पनि यसै नगरको बासिन्दा भएका कारण यस नगरको समृद्धिमा आफ्नो भविस्य देख्दछ । निबर्तमान मेयर चौधरीको कार्यकालमा राजस्व तिरेर नगरको सुचना माग्दा सुचना नदिने नगर प्रमुखबाट जनताले आउने कार्यकाल कसरी पारदर्शी होला भनेर पत्याउने । करोडौंको बेरुजुको चाँङ्गमा नगरलाई थल्याएर फेरि शक्ति प्रदर्शन गर्दै हिडेका चौधरिले आफ्नो ५ बर्षे कार्यकालमा नगरबासिले सम्झन योग्य एउटा काम गरेका छैनन । त्यस्ता शासकबाट जनताले कसरी जनप्रतिनिधिको आभास गर्लान ? आज हामी साधारण मतदाताले सोच्न जरुरी छ ।
जनप्रतिनिधि भनेको जनताको हरेक दुख, पिडा, उत्साह र खुसी सबैमा साथ दिने हुन पर्दछ। त्रियुगा नगरपालिकाका जनतासंग सबै भन्दा नजिक आजका प्रतिनिधि मध्ये को हो ? भनेर आज त्रियुगा बासीले छातीमा हात राखेर हाम्रो सुखदु:खमा साथ दिने हाम्रो जनप्रतिनिधि यो हो भनेर निस्वार्थ चुन्नु पर्दछ।
जातियताको नारा लगाएर आज भोट बटुल्नेहरुले भोलि यस नगरपालिकाको जनप्रतिनिधि बन्दै गर्दा आफ्नो जातलाई भन्दा अरुलाई संरक्षण गर्लान या नगर्लान भन्ने बिषयमा त्रियुगाबासिले सोच्नु पर्ने भएको छ। नेकपा एमालेको सुर्य छापबाट जितेर गएर आफ्नो सम्प्रदायलाई मात्र संरक्षण गर्नेहरुले तपाईहामी आम नगरबासीको भावानालाई कुल्चिने छन् यस बिषयमा हामी गम्भीर हुनै पर्दछ।