जनता जस्तै सोझा र इमान्दार छन कांग्रेसका नेता

कम्युनिस्टहरु सँग टेवल टक गरौ कस्ले बढी यहाँका जनताको काम गरेको छ : हिमाल कार्की
Logo
सोमबार, बैशाख २६, २०७९

उदयपुर : नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बसन्तकुमार बस्नेतले आफु नगरमा निर्वाचित भए २० युनिटसम्म बिजुली खपत गर्नेलाई निशुल्क बिधुत आपूर्ति गराउने बताएका छन ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ शनि मन्दिरमा आयोजित चुनावी सभालाई संबोधन गर्दै बस्नेतले आफुले नगरमा निर्वाचित भए नगरलाई संबिधानले ब्याबस्था गरे बमोजिम निशुल्क प्राथमिक स्वास्थ्य उपचार, २० युनिट सम्म बिजुली खपत गर्नेलाई निशुल्क बिजुली, भ्रष्टचारमुक्त, सुशासनमैत्री र जनताको पहुचको नगर बनाउने बताएका छन् ।

मेयरका उम्मेदवार बस्नेतले त्रियुगा नगरपालिका वडा नम्बर १२ मा रहेको मुस्लिम समुदायको मद्रसालाई ब्याबस्थित गर्ने अन्य लक्षित समुदायको उत्थानका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्याक्त गरे ।

नगरको पुर्वाधार बिकाश गरेर समुन्नत नगर बनाउन प्रदेश सरकार र संघीय सरकार संगको समन्वयमा काम गर्ने बताउदै नगरको समग्र परिवर्तनको लागि समेत रुख छापमा मतदान गर्नका लागि सबैमा आह्वान गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले समग्र त्रियुगा नगर र १२ नं वडा बासिको बिकासका लागि आफू सधै अग्रभागमा रहेर काम गरेको बताए ।

मन्त्री खड्काले आफुले यस क्षेत्रमा बिकाश गर्न चाहे पनि कम्युनिस्ट हरुले अबरोध गरेका कारण धेरै सोचेका काम गर्न नसकेको प्रती दुख ब्याक्त गरे ।

मैले बिकास गर्न खोज्दा कम्युनिस्टहरुले काम गर्न दिदैनन ” उनले भने “किन यसो गरेको भनेर कम्युनिस्टलाई सोध्नुस उनिहरुको जवाफ के हुन्छ ? उजिहरुको जवाफ डाक्टर सापको बिरोध नगरे नाम नभजाए हाम्रो राजनीतिक मुद्धा हाम्रो डिउटी नै सकिन्छ भन्छन ।”

यस्तै प्रदेश १ का भौतिक पुर्वाधार बिकाश मन्त्री तथा नेपाली कांग्रेस उदयपुरका पार्टी सभापति हिमाल कार्कीले कम्युनिस्टहरु जाली फटाहा र ढाँट ठग हुने गरेको सोझा जनताको भावानामाथी खेलवाड गर्ने गरेको आरोप लगाए ।

“हामी सोझा छौ र हाम्रा जनता पनि सोझा सिधा छन हामी जनता जस्तै सोझो र इमान्दार हुन चाहान्छौं र छौ पनि” उनले भने, “हामी झुटको खेती गर्दैनौं जे बोल्छौ त्यो गर्छौ, उदयपुर कांग्रेसले के के गरेको छ त्यो कम्युनिस्टका साथीहरु सँग बसेर टेवल टक गरौ कस्ले बढी यहाँका जनताको काम गरेको रहेछ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।