त्रियुगा नगरका साथमा म छु, बसन्त बस्नेतलाई मेयर साहेव भन्न पर्दैन उहाँ साहेव हैन सेवक हो : गगन थापा

Logo
सोमबार, बैशाख २६, २०७९

उदयपुर। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले त्रियुगा नगरवासिका साथमा आफू रहेको बताएका छन । उदयपुरको गाइघाटमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले त्रियुगा नगरमा कांग्रेस पार्टीबाट उठेका सम्पुर्ण उम्मेद्वारहरुका साथमा आफू स्वयम रहेको बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफुले केन्द्रको घोषणा पत्र लेख्दै गर्दा पालिकाका मेयरको जुन परिकल्पना उनले गरेका थिए त्यही किसिमको उम्मेद्वार वसन्त बस्नेत भएको बताए । उनले बसन्त बस्नेतलाई मेयर भए पछि मेयर साव नभन्न र आज जे भन्नु हुन्छ त्यहि भन्न आग्रह गरे।

 

“म केन्द्रको घोषणा पत्र लेख्न बस्दै गर्दा पालिकाहरुका उम्मेद्वारहरुको जुन परिकल्पना गर्दथे ठ्याक्कै मेरो परिकल्पना अनुसारको मेयर वसन्त बस्नेत हो ।” उनले थप भने, “त्रियुगा नगरपालिकामा वसन्त बस्नेत मेयर हुँदै गर्दा उहाँका पछाडि सिँगो प्रदेश सरकार, संघीय सरकार छ, त्यती मात्र हैन वसन्त बस्नेतलाई भोट दिदै गर्दा त्यहाँ मेरो पनि अनुहार पाउनु हुनेछ त्यो देखेर भोट दिनुस ।”

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका महामन्त्री थापाले नेताहरुले पाउने स्वास्थ्य सेवा सुबिधा सम्पुर्ण जनताले पनि पाउने गरि आधार तयार गरेको र त्यो अब कार्यन्वयन गरेरै छाड्ने बताए । “स्वास्थ्य बिमा मार्फत जनताको २० लाख सम्मको निशुल्क स्वास्थ्य उपचार गराउने आधार हामिले यस अगाडि बनाएका छौ” उनले भने “यो गाइघाटमा पनि हामी मेडिकल कलेजको स्थापना र मृगौलाको डायलासिस गर्ने गरि स्वास्थ्यमा क्षेत्रमा काम गर्छौ ।”

 

उनले उपमेयर पदका उम्मेद्वार सरिता राईलाई नेपाली कांग्रेसको महामन्त्री गगन थापा सम्झिएर मत दिन आग्रह गरे । ” त्रियुगा नगरपालिकाका उपेमेयर सरिता राई, १६ वटा वडका अध्यक्ष सहित सबै उम्मेदवारलाई बिजायी गराउनुस काम गर्न सजिलो हुन्छ ।” उनले भने, ” सरकारले दिने बजेट त छदै छ मेरो देश बिदेशको पहिचानलाई समेत ल्याएर यस त्रियुगा नगरीलाई यहाँका युवालाई स्वरोजगार बनाउने अभियानमा म सदैव साथमा हुनेछु ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]