सरकारी स्रोत र शक्तीको दुरुपयोग गर्दै मतदाता प्रभावित बनाउने योजना नगरले लगाई दियो रोक

Logo
मंगलबार, बैशाख २७, २०७९

उदयपुर । मतदातालाई प्रभावित बनाउन सरकारी शक्ति र स्रोतको प्रयोग गर्ने निबर्तमान मेयर वलदेव चौधरिको सपना तुहिदै गएका छन ।

त्रियुगा नगरको एक बर्ष अगाडि सम्पन्न नवौं नगरपरिषद्ले नगरपालिकाभित्रका सबै वडामा विद्युतीय चुल्हो उपलव्ध गराउने निर्णय पारित गरेको भएपनी अहिले सम्म बितरण नगरी निर्वाचनको मुखमा आएर मतदाता प्रभावित गराउने उदेश्य सहित बिद्युतिय चुल्हो बितरण गर्ने योजना नगरपालिकाले तुहाई दिएको छ ।

त्रियुगा नगरपालिकामा निर्वाचित भएका धेरै जनप्रतिनिधि दोहोरिने भएपछि नगरपालिकाले यस अघि गरेका निर्णय निर्वाचनको मुखमा कार्यन्वयन गर्दा आचारसंहिता विपरित हुने मतदाता प्रभावित हुने भएका कारण हाललाई स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

आफू नगरको प्रमुख हुदा मनोमानी गरेर आफ्ना र आफन्तलाई चेपेका पूर्व मेयर चौधरि नगरबाट राजिनामा दिए पछि भने एक्लिदै गएका छन । विभिन्न समयमा बाँडेका योजनाहरुलाई रोकेर राखेर निर्वाचनको मुखैमा रातिराती डोजर लगाएर मतदाता प्रभावित पार्ने काम गरेको भन्दै अन्य दलहरुले असन्तुष्टि जनाएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।