पारिवारिक भेट र बधाई दिन वडा अध्यक्षका घर पुगेका परराष्ट्र मन्त्री खड्कालाइ एमालेले गर्यो अवरोध

Logo
बिहिबार, बैशाख २९, २०७९

उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कालाई बिना कारण विवादमा पार्ने काम भएको छ ।

नेपाली कांग्रेसबाट वडा नं ६ का वडाअध्यक्षका उम्मेद्वारको घरमा पारिवारिक भेटघाट गर्न पुगेका मन्त्री खड्कालाई मौन अवधिमा भोट मागेको आरोप लाउदै विवादमा तानिएको हो ।

यस अघि चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला उदयपुर आएका मन्त्री खड्का हाल सम्म यतै रहेका कारण कांग्रेसबाट उम्मेद्वार बनेका वडा नं ६ का वडा अध्यक्षलाई घरमा भेट्न पुगेका थिए ।

खड्कालाई नेकपा एमालेका कार्यकर्ताले नियोजित रुपमा विवादमा ल्याएको वडा अध्यक्षका उम्मेद्वार कृष्ण बहादुर बुढाथोकीले बताए ।

“माननीय मन्त्री ज्यु आउनु भयो, हाम्रो राजनीतिक मात्र हैन पारिवारिक सम्बन्ध पनि छ” बुढाथोकीले भने “बधाई दिन आउनु भएको थियो, मन्त्री आएपछी स्वाभाविक रुपमा एक दुई जना मान्छे भेला भए, तर हाम्रो कुनै मत माग्ने कार्यक्रम थिएन ।”

बिकाशबादी नेताको छवि बनाएर जिल्लामा लोकप्रिय नेता बनेका मन्त्री खड्का उदयपुर एमालेको तारो बन्दै गएका छन ।

उम्मेद्वार बुढाथोकीलाई भेट्न जादा नजिकै मुस्लिम समुदायका केहि अगुवाहरुले भेट गर्ने इच्छा जाहेर गरे पछि बाटोमा रोकेर मुस्लिम समुदायलाई भेट गर्न पुगेका मन्त्री खड्कालाई एमालेका कार्यकर्ताले अवरोध गरेर भोट मागेको, आचारसंहिता उलंघन गरेको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]