बैशाख ३० गते त्रि.न.पा.१२ मा के भएको थियो

Logo
खेमराज दाहाल सोमबार, जेठ ०२, २०७९

उदयपुर । बैशाख ३० गते बिहान ७ बजे जेष्ठ नागरिक तुलशी प्रसाद रेग्मीबाट पहिलो मत मतपेटिकामा खसाए पछि शुरु भएको थियो मतदान । मानिसहरु बिहानै ७ बजे देखिनै मतदिन लाइनमा लागेका थिए । शान्तिपुर्ण मतदान भै रहेको थियो ।

मतदान गर्ने स्थानको वरपर ३०० मिटर सम्म निर्वाचन सम्बन्धी कुनै गतिविधि गर्न नपाउने भनेर त्यहाँ खटिएका मतदान अधिकृत र सुरक्षाकर्मीले राजनीतिक दलका नेतालाई निर्देशन दिएका थिए ।

मतदातालाई र निर्वाचनलाई सहजीकरण गरिदिन राजनीतिक दलहरुले आफ्ना मतदाताहरुलाई उनिहरुको मतदाता क्रमसँख्या खोजिदिएर एक कागजमा लेखेर सहयोग गरि रहेका थिए ।

९ बजेको समयमा नजिकै रहेका होटलमा गठबन्धन (माओबादी र नेकपा एस) भने मतदाता शिक्षा सिकाउदै मतदिने चिन्हसमेत देखाएर सिकाउदै गरेको खवर बाहिरियो । म लगाएत अन्य केही युवा उक्त स्थानमा पुग्दा १ सय जती नमुना मतपत्र लिएर सिकाउदै गरेर पाइयो । सो नमुना मतपत्र अन्य राजनीतिका दलका प्रतिनिधिले नियन्त्रणमा लिए ।

बाहिर धेरै भिडम भाड हुन लाग्यो मैले निर्वाचन गराउन आएका सुरक्षाकर्मीलाई भेटेर बाहिरको भिडमा समेत आएर सहजता गरिदिन अनुरोध गरे । मतदाता शिक्षा दिएको, मतदिन आएकाहरुलाई सहज पहुचको ब्याबस्था नभएको लगाएतका कुरा लिएर फेरि मैले सुरक्षाकर्मीलाई भट्ने प्रयास गरे तर सुरक्षाकर्मीले वास्ता गरेनन ।

यस्तैमा निर्वाचन चलिरह्यो । मतदिनेहरु दिउँसो १ देखि २ बजेको समयमा लाइनमा धेरै देखिएनन । त्यस पछि मौसममा परिवर्तन आउला जस्तो देखियो । ३ बजेको समयमा एकै पटक ४/५ सय मानिस लाइनमा देखिए । मौसम प्रतिकुल बन्दै गए पछि त्यति धेरै मानिसहरु एकै पटक मतदिन लाइनमा बसे पछि पनि निर्वाचन अधिकृतले मतदातालाई छिटो र छरितो माध्यम बाट मतदिने वातावरण बनाइदिएनन ।

त्यतिकैमा नेकपा एसबाट मेयरका उम्मेदवार वलदेव चौधरी आए भित्र गए । लाइनमा बसेका मतदाताहरु र सुरक्षाकर्मीसँग गफ गरेर अलमल्याउन लागे । त्यसै मौसम र समयले अत्याई रहेका बेला वलदेव चौधरीको हर्कतले झन मतदानमा बिलम्ब हुँदै थियो ।

म आफुपनी मतदिन लाइनमा लागे । लाइनमा लागेर फोटोसहितको परिचयपत्र चेक गर्ने स्थानमा पुग्न लागेको थिए । पानी निकै पर्न लाग्यो । त्यो पानी पर्ने समय सम्म निर्वाचन अधिकृतले मतपेटिकाको सुरक्षाको प्रबन्ध, भित्र पानीले असर नगर्ने गरि मतदिने ब्याबस्था गरि सकेका थिएनन ।

मतपेटीका भित्र लगेर सुरक्षाकर्मीले अन्य ब्यबस्थापन नगरिन्जेल मतदान स्थकित गरेर भिड नियन्त्रण गरेर ब्याबस्थापन गर्न सक्थ्यो । गठबन्धनका प्रतिनिधिहरु आक्रोशित हुँदै गए । मतपेटिका राखेको ठाउँसम्म जवरजस्ती जाने प्रयत्नमा गर्न लागे ।

एसका प्रतिनिधि लगायत मेयरका उम्मेदवार वलदेव चौधरीको टिम उत्तेजित हुँदै गएका थिए । नाराबाजी गर्न थालेका थिए । पानी परेर कतै जाने अवस्था थिएन । वलदेव चौधरीको समुहले लगाएको त्रिपाल समेत भत्काए र च्याते । भिड अब अराजक हुन थालेको थियो । मैले अन्य राजनीतिक दलका उम्मेद्वार नआइन्जेल कुनै उम्मेदवार होस वा प्रतिनिधीलाई मतपेटिका भए ठाउँमा नपठाउन आग्रह गरे ।

यस्तै क्रममा पानी पर्न कम हुँदै गयो । एस र माओवादीका कर्याकर्ता पुनः निर्वाचन गराउन नाराजुलुश गर्न थाले । बर्षाले प्रभावित वनेर स्थकित भएको निर्वाचन पुनः गर्नुको सट्टा निर्वाचननै पुन: गराउन नाराजुलुश गरेर त्यहाँको परिस्थितिलाई नै परिवर्तन गरियो । त्यहाँको त्यो परिस्थिति सिर्जना कसरी भयो । पुनः निर्वाचनको आबस्यकता कति ? मतदिन कति मतदाता बाँकी थिए ? त्यसै दिन बाँकी रहेकालाई मतदान गराउन सकिने अवस्था हुदा हुँदै किन गराइएन ? लगायतका बिषयमा त्यहाका जानकार सँग सोधखोज कहिले गरिएको छैन ।

यी र यस्ता तमाम प्रश्नहरुको निरुपण नगरी पुनः निर्वाचन भन्दै गर्दा अवहुने निर्वाचन निस्पक्षहुने सम्भावना कति छ ? अधिकांश असाहाय, दलित, गरिव र दैनिक ज्यालामजदुरी गरि पेटपाल्नेहरु बसोबास गर्ने स्थानमा ती मतदाता हरुलाई प्रभावित बनाउन विभिन्न प्रलोभनमा पार्न अब विभिन्न हतकण्डा अपनाइन सकिन्छ । त्यसैले यहाँको भुगोल, मतदाताको अवस्था परिस्थिति बुझेर मत दिसकेका मतदातको सँख्या, सरदर पालिका भरिमा खसेको मतको प्रतिशत हेरेर पुनः निर्वाचन गराउने वा यसैलाई मतगणना गर्ने भन्ने बिषयमा गम्भीर भएर मात्र निर्णयमा पुग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।