निर्वाचन आयोगलाई नेपाली कांग्रेस उदयपुरको चेतावनी : तत्काल मतगणना सुचारु नगरे आन्दोलन गर्न बाध्य हुनेछौं

Logo
बिहिबार, जेठ ०५, २०७९

उदयपुर । निर्वाचन आयोग र मुख्य निर्वाचन कार्यलय उदयपुरले त्रियुगा नगरपालिका वडा नं १२ को मतदानको बिषयलाई लिएर कुनै निर्णय लिन नसकेर सम्पुर्ण पालिकालाई अनिर्णयकोको बन्दी बनाएको भन्दै नेपाली कांग्रेस उदयपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने बिषयमा आयोगले कुनै निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण र संकास्पद भएको बताएका छन ।

” बैशाख ३० गते सम्पन्न निर्वाचनमा त्रियुगा नगरपालिका १२ को मतदानको बिषयलाई लिएर पुनः निर्वाचन गर्ने वा मतगणना गर्ने भनेर यतिका दिन बितिसक्दा पनि आयोगले कुनै निर्णय दिन नसकेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” बिज्ञप्तिमा भनिएको छ, ” सोही मितिमा निर्वाचन हुन नसकेका अन्य स्थानमा पुनः मतदान भएर नतिजा समेत सार्वजनिक भैसक्दा पनि त्रियुगा १२ को बिषयमा कुनै निर्णय हुन नसक्नुले संका उब्जाएको छ ।”

त्रि.न.पा १२ को बिषयलाई तत्काल निर्णय गरि मतगणना सुचारु नगरिए नेपाली कांग्रेस उदयपुर आन्दोलनमा जाने र आन्दोलनबाट क्षति भए त्यस्को जिम्मा नेपाली कांग्रेस उदयपुर जिम्मेवार नहुने समेत सभापति कार्की द्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]