त्रियुगा नगरपालिकामा मेयर वसन्त बस्नेतको धमकेदार इन्ट्री, गरे यस्ता जनप्रिय निर्णय

Logo
बुधबार, जेठ १८, २०७९

उदयपुर । कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका वसन्त कुमार बस्नेतले पदभार ग्रहण लगत्तै २ वटा महत्वपूर्ण निर्णय गरेका छन् । उनका २ निर्णयमा सामाजिक सुरक्षा भत्ता बितरणमा सहजता र स्वास्थ्य विमा गराउदा अशक्त असाहायहरुलाई अनुदान दिने रहेका छन ।

जेठ  १८ गते त्रियुगा नगरपालिकाको पद तथा गोपनियताको सफथ पश्चात आफ्नो पदभार ग्रहण गर्दै नगर प्रमुख बस्नेतले महत्वपूर्ण २ निर्णय गरि जनताका समस्यालाई सम्बोधन गर्ने कार्यको सुरुवात गरेका छन ।

असाहाय र अशक्तहरुको सारथी बनेर उनिहरुका दु:खमा साथ दिदै त्रियुगा नगरपालिकाको प्रमुखमा बिजयी बनेका नगर प्रमुख बस्नेतको पहिलो निर्णयले आम नगरवासिमा उत्साह छाएको छ ।

उनले पदभार ग्रहण गर्न साथ ५० प्रतीशत अनुदानमा गरिव, असाहाय र सिमान्तकृत हरुको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन । नगरपालिका भरिका वडाबाट स्वास्थ्य बिमा बाट बिमुख भई औषधी उपचार गर्न बाट बन्चित भएका हरुको पहिचान गरि वडाबाट सिफारिस भएका हरुको लागि स्वास्थ्य बिमा गरिदिने उनले गरेको निर्णयमा उल्लेख छ ।

यस्तै दोस्रो निर्णयमा नगरपालिका भरिका सामाजिक सुरक्षा भत्ता लिदै आएका अशक्त, अपाङ्ग र बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत बितरण गर्दै आइएकोमा बैंकहरु सँग समन्वय गरि वडाबाटै बितरण गर्ने निर्णय भएको छ ।

आफ्नो पदभार ग्रहण गर्दै नगर प्रमुख बस्नेतले नगरपालिकाका सम्पुर्ण जनताले गर्व गर्ने गरि आफुले काम गरेर देखाउने प्रतिबद्धता ब्याक्त गरे । उनले भने “मलाई यस नगरका जनताले नगरको अभिभावक बनाएर पठाउनु भएको छ, म आफ्नो कर्तब्यबाट कहिले बिमुख हुदिन र उहाँहरुको बिश्वासलाई कमि हुन दिन्न ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।