उदयपुर । त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईराला आफुले कार्यभार सम्हाल्न साथ जनताका घर दैलो पुग्न सुरु गरेका छन ।
जेठ १८ गते बुधबार नगरपालिकाका मेयर वसन्त बस्नेत सँग पद तथा गोपनियताको सफथ लिए पछि आफ्नो पदभार सम्हालेका अध्यक्ष कोईराला आफ्नो वडा भित्रका तत्काल समाधान गर्न सकिने समस्याहरु बुझ्न टोलटोल र घर घर पुग्न शुरु गरेका हुन ।
उनले आफ्नो वडा भित्र पर्ने पिपल चोकमा रहेको भत्केको नाली र कलबर्टलाई एक हप्ता भित्रै मर्मत गर्ने बताएका छन । वडाको पदभार ग्रहण गर्न साथ पत्रकार सँग उक्त स्थान पुगेर जानकारी लिएका वडा अध्यक्ष कोइरालाले एक हप्ता भित्रै मर्मत गर्ने बताए ।
यस्तै त्रियुगा उद्योग बाणिज्य सँघ जाने बाटोमा भत्किएको कलबर्टलाई पनि एक हप्ता भित्र मर्मत गरेर स-साना जनता संग सम्बन्धित कार्य गर्दै वडालाई ५ बर्ष भित्र उत्कृष्ट वडा बनाउने प्रतिबद्धता ब्यक्त गरे ।