नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, घटना अझै रहस्यमयी

Logo
बिहिबार, जेठ १९, २०७९

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ ।

तत्कालीन राजा वीरेन्द्रको सवपरीवारको हत्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला उक्त घटना भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको हत्या भएको थियो ।

घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमको पनि हत्या भएको थियो ।

उक्त हत्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।

सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेकाे थियो । उक्त प्रतिवेदन तत्कालीन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दीपेन्द्रले नै सम्पूर्ण परिवारको गोली हानी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ । तर उक्त प्रतिवेदका बाबजुद आम नेपाली नागरिकमा भने उक्त हत्याकाण्डको तथ्यमा शंकाको जालो अझै बाँकी छ ।

उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारका उक्त घटना कसरी सम्भव भयो भन्ने विषय आम नागरिक माझ अझै रहस्यकै विषय बनेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।