त्रिनपा १२ का वडा अध्यक्षको पहिलो निर्णय, सामाजिक सुरक्षा भत्ता घरघर पुर्याउने र दिर्घ रोगी, मुटु रोगी र मृगौला पिडितलाई बार्षिक ५ हजार अनुदान दिने

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा न १२ का नव–निर्वाचित वडाअध्यक्ष चुडाराज काफ्लेले जेठ  १९ गते विहीबार पदभार ग्रहण गरेका छन ।

नगर प्रमुख बसन्त कुमार बस्नेतबाट जेठ १८ गते बुधबार सपथ ग्रहण गरे पश्चात काफ्लेले वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका हुन ।

आफ्नो पदभार सम्हाल्दै वडाध्यक्ष काफ्लेले अफ्ना वडावासीहरुमा दिर्घ रोगी, मुटु रोगी र मिर्गौला पीडितहरुलाई बार्षिक २५ सय देखि ५ हजार अनुदान दिने निर्णय गरेका छन ।

यस्तै आफ्ना वडाबाट सामाजिक सुरक्षा भत्ता लिदै आएका बृद्धबृद्धा, अशक्त अपाङ्गहरुको सम्पुर्ण भत्ता घरघरमा पुर्याउने निर्णय गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।