प्रसुती अबस्थाका महिलालाई निशुल्क एम्बुलेन्सको ब्याबस्था गर्ने वडा नं ५ का वडाअध्यक्ष थापाको पहिलो निर्णय

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा न ५ का नव–निर्वाचित वडाध्यक्ष उद्धब कुमार थापा(केदार) ले जेठ १९ गते विहीबार पदभार ग्रहण गरेका छन ।

नगर प्रमुख बसन्त कुमार बस्नेतबाट जेठ १८ गते बुधबार सपथ ग्रहण गरे पश्चात थापाले वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका हुन ।

२०७४ सालको स्थानीय निर्वाचन बाट पनि अध्यक्ष थापा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्बाचित निर्वाचित भएका थिए ।

आफ्नो दोस्रो पदभार सम्हाल्दै वडाध्यक्ष थापाले अफ्ना वडा बासीहरुलाइ एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन । वडा अध्यक्ष थापाका अनुसार वडा भित्र रहेका मानसिक रोगिहरुलाई निशुल्क औशधी दिइने निर्णय समेत पहिलो दिन नै गरिएको छ ।

यस्तै आफ्ना वडाका गर्भवती महिलाहरुलाई प्रसुती अबस्थामा एम्बुलेन्स सेवा पुर्ण निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन ।
जनताको आशा, अपेक्षा र भावना अनुरुप काम गर्ने वाचा गर्दै थापाले निर्वाचनमा सहयोग गर्ने सबैलाई अभार व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।