शिक्षा बाट बन्चित अति बिपन्न बालबालिकालाई नि:शुल्क शिक्षा उपलब्ध गराउने त्रिनपा ८ का वडाअध्यक्ष राउतको घोषणा

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं ८ का नव–निर्वाचित वडाअध्यक्ष राजकुमार राउत जेठ  १९ गते विहीबार आफ्नो पदभार ग्रहण गरेका छन ।

नगर प्रमुख बसन्त कुमार बस्नेतबाट जेठ १८ गते बुधबार सपथ ग्रहण गरे पश्चात राउतले आज वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका हुन ।

आफ्नो पदभार सम्हाल्दै वडाध्यक्ष राउतले आफ्ना वडा बासीहरु मध्य अति बिपन्न नागरिकलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन ।

यस्तै आफ्ना वडाका गर्भवती महिलाहरुलाई प्रसुती अबस्थामा एम्बुलेन्स सेवा पुर्ण निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन ।
नवनिर्वाचित अध्यक्ष राउतका अनुसार आर्थिक अभावको कारण शिक्षा बाट बन्चित अति बिपन्न बालबालिकालाई नि:शुल्क शिक्षाको ब्यबस्था गरिने निर्णय भएको छ ।

जनताको आशा, अपेक्षा र भावना अनुरुप काम गर्ने वाचा गर्दै राउतले निर्वाचनमा सहयोग गर्ने सबैलाई अभार ब्याक्त गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]