शुसासनमैत्री र नमुना वडा बनाउछौ : ९ नं वडा अध्यक्ष दनुवार

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं ९ का नव–निर्वाचित वडाअध्यक्ष राजकुमार दनुवारले जेठ  १९ गते विहीबार आफ्नो पदभार ग्रहण गरेका छन ।

नगर प्रमुख बसन्त कुमार बस्नेतबाट जेठ  १८ गते बुधबार सपथ ग्रहण गरे पश्चात वडाअध्यक्ष दनुवारले आज वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका हुन ।

आफ्नो पदभार सम्हाल्दै वडाध्यक्ष दनुवारले वडा नम्बर ९ लाई सुशासनमैत्री बनाएर नागरिकहरुलाई छिटो र सहज तरिकाले सेवा प्रदान गर्दै नमुना वडा बनाउने प्रतिबद्धता ब्याक्त गरे ।

नवनिर्वाचित अध्यक्ष दनुवारले आफ्नो पहिलो निर्णय गर्दै आर्थिक अभावको कारण शिक्षा बाट बन्चित अति बिपन्न बालबालिकालाई नि:शुल्क शिक्षाको ब्यबस्था गर्ने उद्घोष गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।